संखुवासभाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीच गोली हानाहान , थप मद्धतका लागी नेपाली सेनाको एमआई १७ हेलिकोप्टर घटना स्थलमा

0
827

असार १६/
संखुवासभा जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । सो क्रममा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । आज बिहान ९ बजेको समयमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनाएको हो ।
फायरिङका क्रममा कुनै पनि पक्षको क्षति भने नभएको प्रहरीले जनाएको छ । विप्लवका कार्यकर्तासँग गोली हानाहान भएपछि प्रहरीको टोली तित्तरवित्तर भएको छ ।
सिलिचोङ गाउँपालिका १ मा गस्तीका लागि प्रहरी टोली गएको र फिल्डमा जाँदा सांकेतिक फायरिङ भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । विप्लव कार्यकर्ताले प्रहरीतर्फ फायर गर्दै जंगलतिर भागेको र त्यसपछि प्रहरीले पनि गोली चलाएको जनाइएको छ । यसै विच नेकपाका कार्यकर्ता र प्रहरीबीच संखुवासभामा दोहोरो फायरिङ भएपछि काठमाडौंबाट नेपाली सेनाको एमआई १७ हेलिकोप्टर घटना स्थल पुगेको छ ।
सशत्र प्रहरी निरीक्षक उमेश थापाको कमान्डमा १५ जना र नेपाल प्रहरी निरीक्षक शेखरजंग मल्लको कमान्डमा २५ जनाको टोली सेनाको हेलिकोप्टर लिएर दोहोरो फायरिङ भएको सिलिङचोङ गाउँपालिकाको वाङला भन्ने स्थान पुगेको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिनुभयो ।
एसपी थापाका अनुसार घटना स्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ । गोली हानाहान भएको क्षेत्रसँग जोडिएका सम्पूर्ण नाका सिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here