झापाको कन्काई नगरपालिकामा रहेको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा बन्य जन्तु उद्धार तथा पूनस्र्थापना केन्द्र निर्माण शुरु

0
1014

असार १६/
झापाको कन्काई नगरपालिकामा रहेको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा बन्य जन्तु उद्धार तथा पूनस्र्थापना केन्द्र निर्माण शुरु गरिएको छ । १ नम्बर प्रदेश सरकार अन्तर्गत उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको ७५ लाख र जामुनवारी सामुदायिक बनको १० लाख गरी ८५ लाख बजेटमा केन्द्रको पूर्वाधार निर्माण थालिएको हो ।
जामुनबारी सामुदायिक वन उपभोक्ता समूहले अहिले १० बिघाभन्दा बढी जंगल क्षेत्रमा घेराबारा गरिरहेको वन समूहका अध्यक्ष ख्यामराज सिटौलाले बताउनु भयो ।
कनकाई नगरपालिका वडा नम्बर १ र २ मा रहेको ४ सय ३४ हेक्टर क्षेत्रफलको जामुनबारी सामुदायिक वन क्षेत्रमा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र संचालन ल्याइएको छ । बन क्षेत्रमा केन्द्र संचालनका लागि घेराबाराको काम ८० प्रतिशत सकिएको निर्माण कार्यका सुपरभाइजर रमेश श्रेष्ठले बताउनु भयो ।
२०५२ सालमा स्थापना भएको सामुदायिक बनमा अहिले मासिक २० हजार भन्दा धेरै आन्तरिक तथा बाह्ुय पर्यटक आउने गरेका छन् । घेराबारा सकिए पछि जनावर स्थान्तरणको प्रकृया शुरु गरिने बनका कर्मचारी कमल घिमिरेले बताउनु भयो ।
सिमसार क्षेत्रमा रहेको दुई दर्जन धेरै प्रजातिको जनावर मध्ये अधिक संख्यामा बढ्दै गएको मृगलाई लक्षित गरी पूनस्र्थापना केन्द्रको निर्माण थालिएको हो । जंगलको ठूलो क्षेत्रको घेराबारा भित्र जनावार राख्ने योजनाले जनावरको संरक्षण, बृद्धि र पयर्टन समेतको विकास हुने स्थानीय उपभोक्ताको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here