रोटरी क्लव अफ दमकको सक्रियतामा निर्माण गरिएको विभिन्न तीन वटा योजना आज एकैदिन स्थानीयलाई हस्तान्तरण

0
568

असार १५/
रोटरी क्लव अफ दमकको सक्रियतामा निर्माण गरिएको विभिन्न तीन वटा योजना आज एकैदिन स्थानीयलाई हस्तान्तरण गरिएको छ ।
दमक ८ स्थित चौंक दक्षिण जाने सेतुमारी सडक खण्डको प्रवेशद्धारमा रोटरी स्तम्भ, दमक ८ कै जनता आधारभूत विद्यालयमा प्रोजेक्टर उपकरणसहित कम्प्यूटर प्रयोगशाला कक्ष र दमक ९ को महालक्ष्मी आधारभूत विद्यालयमा निर्माण गरिएको खानेपानी योजना स्थानीयलाई हस्तान्तरण गरिएको हो ।
रोटरीका अध्यक्ष मोहन ढकालका अनुसार विहान ११ वजे स्तम्भको उद्घाटन गरियो भने लगत्तै दमक ८ कै जनता आधारभूत विद्यालयको आधुनिक शिक्षण विधिलाई सघाँउ पुरयाँउन प्रोजेक्टरसहित कम्प्यूटर कक्षको व्यवस्थापन विद्यालयलाई सहयोग हस्तान्तरण गरिएको थियो । त्यस्तै, दमक ९ को महालक्ष्मी आधारभूत विद्यालयको हातामा निर्माण गरिएको खानेपानी योजनाको समेत उद्घाटन गरिएको अध्यक्ष ढकालले बताउनु भयो । खानेपानी योजना क्लव र विद्यालयको साझेदारीमा निर्माण गरिएको वताईएको छ ।
दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वडाध्यक्षहरु पशुपति गौतम, रामबहादुर धिमाल, रोटरी दमकका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here