बिद्युत भोल्टेजमा गडबडी भएपछि दमक अस्पतालको सेवा एक सातादेखी प्रभावित , दैनिक दुई सय बिरामी सेवा नपाएर फर्कन बाध्य

0
530

असार ११/
दमकस्थित सरकारी दमक अस्पतालमा विद्युत भोल्टेज प¥याप्त नहुदाँ एकसाता देखि सेवा प्रभावित भएको छ । अस्पतालमा जडित विद्युतमा एक्कासी भोल्टेज कमि हुदाँ अस्पतालका सम्पूर्ण सेवा प्रभावित भएका छन् । सेवा प्रभावित भएपछि सर्वसाधारण सेवाग्रहीहरु मारमा परेका छन् ।
आवश्यकता अनुसार भोल्टेज प्रवाह नहुँदा अस्पतालबाट उपलव्ध हुने ल्यावसहित एक्सरे, इसीजी लगायतका सेवाहरु प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनिस कुमार शर्माले बताउनुभयो । विद्युत नियमितका लागि स्थानीय सरकार र विद्युत प्राधिकरणमा गुनासो राखिएपनि हालसम्म सुनुवाई नहुदाँ अस्पतालका सम्पूर्ण सेवा प्रभावित भएको मेसु शर्माले बताउनुभयो । ल्याव र एक्सरे, इसीजी सहित नियमित खोपका सेवा समेतमा रिफर गर्नुपर्ने अवस्था आएको उहाँले वताउनुभयो ।
दमक १ स्थित जिल्लास्तरिय सो सरकारी अस्पतालमा दैनिक २ सय बढी विरामीले स्वास्थ्य सेवा लिदैआएका छन् । अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईका अनुसार विद्युत आपूर्तिमा समस्या भएपछि अस्पताल रिफर सेन्टर वन्न पुगेको छ । ल्यावको उपकरण नचल्दा अस्पतालका चिकित्सकले स्वास्थ्य जाँच मात्र गर्दैआएको र ल्यावका लागि भने अन्यत्र रिफर गर्नुपर्ने बाँध्यता भएको उहाँले वताउनुभयो । विद्युत गडबडले गर्दा ल्यावका उपकरणमा समेत खरावी आएको उहाँले वताउनुभयो ।
अस्पतालमा बिद्युत प्रवाहमा भएको समस्याको समाधान गर्न आफुहरु लागिरहेको अस्पताल सञ्चालक समिति अध्यक्ष तथा दमक नगर उप प्रमुख गिता अधिकारीले वताउनुभयो । बिद्युत प्राधिकरणका ईन्जिनियर लागेर काम गर्दा पनि अहिले सम्म समस्यानै पत्ता लाग्न नसकेको र सुचारु गर्न पहल भईरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here