संघिय र प्रदेश सांसदको सांसद बिकाष कोषको चौतर्पिm बिरोध भईरहेका बेला त्यस्तै बिकाश कोष मार्फत आफुहरुले पनि बजेट पाउनु पर्ने दमक नगरका जनप्रतिनिधिहरुको माग , आफुहरु स्थानिय सरकारको सांसद भएको दाबी ।

0
869

असार ८/
संघिय र प्रदेश सांसदले बिकाश कोष मार्फत बजेट लिएको बिषयमा बिरोध भई रहँदा दमक नगरपालीकाका परिषद सदस्यहरुले भने आँफैले खर्च गर्ने गरी बिकाश कोष पाउनु पर्ने माग गरेका छन् । नगरपालीकाको आज सुरु भएको भएको पाँचौं नगर सभाको सुन्य समयमा बोल्ने परिषसद सदस्यहरुले आफुहरु पनि स्थानिय सरकारको सांसद भएकोले प्रदेश र संघिय सांसदहरु झैं बजेट पाउनु पर्ने माग गरेका हुन् । नगरसभामा बोल्दै वडा नम्बर ७ का वडा सदस्य श्याम कार्कीले मुलुकमा तिन तहको सरकार रहेको बताउँदै स्थानिय सरकारका सांसद आफुहरुले पनि १० लाख रुपैयाँ सम्म बजेट र एक/एक थान ल्यापटप पाउनु पर्ने माग गर्नु भयो ।
उहाँले सांसद बिकाश कोष जस्तै कार्यबिधि बनाएर स्थानिय सरकारका सांसदहरुलाई पनि १० लाख रुपैयाँ सम्म बजेट बिनियोजन गर्न माग गर्नु भयो । सबै जन प्रतिनिधिलाई प्रबिधि मैत्री बनाउन एक/एक थान ल्यापटप पनि दिईनु पर्ने कार्कीले माग गर्नु भयो ।
त्यसैगरी वडा नम्बर ९ का वडा सदस्य नरेश सुनुवारले पार्टिले चुनावमा जाँदा बनाएको घोषणा पत्र वचन गर्दै निर्वाचनमा जनता समक्ष गरिएको वाचाहरु पुरा गर्न नसकेको भन्दै दुई तिहाईले पनि घोषणापत्र अनुसार काम गर्न नसके मुलुकको बिकाश कहिले हुन्छ भन्दै प्रस्न राख्नु भयो ।
वडा नम्बर ६ का वडा सदस्य लक्षिप्रसाद दाहालले नगरभित्र रहेका मासु पसल व्यवस्थीत गर्न बिनियोजन गरेको बजेट फ्रिज हुने अवस्था आएको भन्दै बनाईएका योजनाहरु समेत कार्यान्वयन गर्न किन समस्या भयो भन्दै प्रस्न गर्नु भयो । त्यसैगरी वडा नम्बर ५ की वडा सदस्य कृतिका भट्टराईले बर्षा सुरुहुनासाथ दमक बजार पानीमा डुब्ने अवस्था आएको भन्दै यस तर्फ पनि ध्यान दिन आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here