दमक नगरपालिकाको पाँचौ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश , दमकमा रुखको संख्या बढाउने गरी रुप रोप्ने योजना

0
586

असार ८/
दमक नगरपालिकाको पाँचौ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश भएको छ ।
नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षता र प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा आज भएको सभामा उपप्रमुख गीता अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नु भयो । नीति तथा कार्यक्रममा दमक नगरपालिकामा कम्तिमा २० प्रतिशत वन क्षेत्रको भुभाग कायम गर्न प्रत्येक वर्ष १० हजार बिरुवा हुर्काउने कार्यक्रम समेटिएको छ । त्यसैगरी नगरको सौन्दर्यीकरण र वृक्षारोपण कार्यक्रमका लागि एक घर, एक फलफूलको विरुवा तथा ठाउँ नभए १० गमलामा फूल रोप्ने नीति पनि उल्लेख गरिएको छ । दमकका उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा भुटानीहरुको सांस्कृतिक पहिचान सहितको संग्रालय निर्माण, दमक–८ मा बहुजातिय संग्रालय, मठ, मन्दिर, ग्रामथान, गुम्बा, महाराजथान, माङ्हीम, मदरसाहरुको संरक्षण लगायतका कार्यक्रम पनि नगरको नीति तथा कार्यक्रममा समेटिएका छन् ।
नगरसभाका सहभागीहरुले बिभिन्न योजना, नीति कार्यक्रम तथा कार्यसम्पादनका बारेमा जिज्ञासा तथा माग प्रस्तुत गरे । सभाषदहरुको सुझाव पछि अन्तिम रुप दिएर सभा बस्ने गरि आजको सभा स्थगीत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here