उद्योग बाणिज्य संघ दमकले सञ्चालन गरेको कृष्टलको माला बनाउने १५ दिने तालिम समापन

0
1111

असार ६/
उद्योग बाणिज्य संघ दमकले सञ्चालन गरेको कृष्टलको माला बनाउने निशुल्क १५ दिने तालिमको आज समापन गरेको छ । दमक नगरपालीकाकी उप प्रमुख गिता अधिकारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरिएको हो ।
तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै नगर उप प्रमुख अधिकारीले महिलाहरुले सिकेको शिपलाई व्यवहारमा उतारी स्वरोजगार बन्नु पर्ने बताउनु भयो । शिप सिकेका महिलाहरुले स्वरोजगार बन्न चाहेमा नगरपालीकाले सहयोग गर्ने बताउनु हुँदै उहाँले स्वरोजगार बन्न चाहनेले योजना लिएर नगरपालीकामा आएर उद्योग सञ्चालन साथै उत्पादीत बस्तुको बजारीकरणमा समेत नगरपालीकाले सहयोग गर्ने बताउनु भयो ।
गत जेठ १५ गते देखी २९ गते सम्म सञ्चालीत तालिममा ५६ जना महिलाहरुको सहभागी रहेको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिनुभयो । प्रतिमा मगराती र धनमायाँ वनेमले तालिममा सहभागीहरुलाई कृष्टलको माला बनाउने तरिका सिकाउनु भएको थियो । तालिम समापनका क्रममा सहभागीको तर्पm बाट यसोदा काप्mलेले तालिम उपलब्धीमुलक भएको धारणा राख्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here