असार ६/
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै पत्रकार महासंघले आज जिल्ला र ईलाका प्रसाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र सहित हस्ताक्षर बुझाएको छ । यसै क्रममा झापाको माई पश्चिम क्षेत्रमा कार्यरत पत्रकारहरुले संकलन गरेको हस्ताक्षर आज ईलाका प्रशासन कार्यालय दमक मार्फत प्रधानमन्त्रीलाई बुझाईएको हो । पत्रकार महासंघ प्रदेश समिति सदस्य बिमल लामिछानेको नेतृत्वमा ईलाका प्रशासन कार्यालय दमक पुगेको पत्रकारहरुको एक टोलीले दमक क्षेत्रमा संकलित करिब १ हजार जनाको हस्ताक्षर साथै ज्ञापनपत्र बुझाएको हो ।
महासंघको तेस्रो चरणको कार्यक्रम अन्तर्गत मिडिया काउन्सील खारेजीको माग गर्दै गत मंगलबार देखी बिहिबार सम्म संकलन गरिएको हस्ताक्षर आज ईलाका प्रशासन कार्यालय दमक प्रमुख कृष्णप्रसाद आचार्य मार्पm प्रधानमन्त्रीलाई बुझाईएको प्रेस युनियन झापा उपाध्यक्ष गिरिराज भट्टराईले जानकारी दिनुभयो । टोलीमा प्रेस सेन्टर झापा अध्यक्ष टिकाराम उप्रेती, प्रेस चौतारीका जिल्ला नेता गोपाल झापाली लागयतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै ईलाका प्रशासन कार्यालय प्रमुख आचार्यले पत्रकारहरुको माग संबन्धित निकायमा आजै पु¥याउने प्रतिबद्धता जनाउनु भयो ।