फेसबुक समुह श्रीमती संगठनका दमकमा रहेका सदस्यहरुद्वारा संगठनको बार्षिक उत्सवमा बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण

0
636

जेठ ३२/
सामाजिक क्षेत्रमा काम गर्ने उद्देस्यले विवाहीता महिलाहरुले स्थापना गरेको फेसबुक समुह श्रीमती संगठनका दमक क्षेत्रमा रहेका सदस्यहरुले संगठन स्थापनाको पहिलो बर्षको उपलक्षमा बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण गरेका छन् । श्रीमती संगठनले झापाको कमल गाउँपालीकामा वडा नम्बर १ सोलमारीमा रहेको कालिका आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाइ स्कूल ब्याग र शैक्षिक सामाग्रि बितरण गरेका हुन ।
झापाको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहको प्रमुख आतिथ्यता साथै, दमकका सामाजिक अगुवा शेरबहादुर भट्टराई, बिक्रम अधिकारी, रोशन विष्ट लगायतको उपस्थितिमा बार्षिकोत्सव मनाउँदै बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएको संगठनकी सदस्य नानु विष्टले जानकारी दिनुभयो ।
सोही अवसरमा सामाजिक व्यक्तित्व गणशे कार्कीले बिद्यालयका बालबालिकाहरुलाई ३५ हजार रुपैयाँ मुल्य बराबरका स्कुल पोसाक समेत वितरण गर्नु भयो ।
दमककै विष्णु भण्डारी, रेवता बस्नेत र जुना खतिवडा मुख्य एडमिन रहेको फेसबुक समुह श्रीमती संगठनमा देशभरबाट ६ हजारभन्दा धेरै सदस्यहरु रहेको संगठनकी सदस्य विष्टले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here