दमक पब्लिक लाइब्रेरीको आयोजनामा भएको चलचित्र निर्माण सम्बन्धि तालिम समापनका अवसरमा सहभागीले बनाएका चलचित्रको प्रदर्शन

0
528

जेठ ३२/
दमक पब्लिक लाइब्रेरीले सञ्चालन गरेको चलचित्र निर्माण सम्बन्धि तालिमका सहभागीले निर्माण गरेका चलचित्रहरुलाई आज सार्वजनिक गरिएको छ । विकल्प एन अल्टरनेटिभ संगको संयुक्त आयोजनामा लाईब्रेरीले सञ्चालन गरेको चलचित्र निर्माण सम्बन्धि दुई हप्ते तालिमका सहभागीहरुले निर्माण गरेको बिभिन्न चार वटा चलचित्रहरुलाई आज सार्वजनिक गरिएको लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।
तिन चरणमा सञ्चालन गरिएको तालिममा ३२ जना सहभागी रहेका थिए । सहभागीहरुलाई ४ समुहमा बिभाजन गरिएर तालिम प्रदान गरिएकोमा प्रत्येक समुहले चलचित्र निर्माण गरेका थिए । तिनै चारवटा समुहका चलचित्रहरुलाई आज सार्वजनिक गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । तालिमका सहभागीहरुले निर्माण गरेका एक दिन, मेरो कथा, अवस्था र प्रमाथ नामका छोटा चलचित्रहरु आज सार्वजनिक गरिएका हुन् । दर्शकहरुले खचाखच भरिएको गोर्खा डिपार्टमेन्ट को हलमा सार्वजनिक गरिएका चलचित्र हेरीसकेपछि उत्कृष्ट चलचित्र निर्माण भएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए । छोटो समयमा सिकेको कुरालाई ब्यबहारमा उतारेर सहभागीहरुले उत्कृष्ट चलचित्र बनाएको पाएको आस्था कलेज दमकका प्रमुख टेकनाथ भण्डारीले प्रतिक्रिया दिनुभयो ।
एट्लस नेटवर्कको सहयोग तथा समृद्धि फाउन्डेसन र एकाउन्टिबिलिटि ल्याबको सहकार्यमा गत जेठ २१ गते देखी सुरु भएको तालिममा फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिईएको प्रशिक्षक बसन्त अधिकारीले जानकारी दिनुभयो । तालिममा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन राईले प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here