दमक क्याम्पसमा प्रमुखले राजिनामा दिएको एक महिना पुग्न लाग्दा पनि नयाँ क्यापस प्रमुख नियुक्त गरिएन , दलिय ईगोका कारण नयाँ क्याम्पस प्रमुख नियुक्तिमा ढिलाई

0
673

जेठ ३१/
पुर्वकै प्रतिष्ठित मानिएको दमक बहुमुखी क्याम्पसमा प्रमुखले राजिनामा दिएको १ महिना बित्न लाग्दा पनि नयाँ क्याम्पस प्रमुख नियुक्त नहुँदा समस्या भएको छ । गत जेठ ५ गते क्याम्पस प्रमुख उत्तम भट्टराईले दिएको राजिनामा तत्काल स्विकृत भए पनि नयाँ क्याम्पस प्रमुखको अझै नियुक्ति हुन सकेको छैन । राजिनामा स्विकृत भएका भट्टराईलाई तत्काल केहि दिन काम चलाउनको लागि जिम्मेवारी दिए पनि लामो समय सम्म क्याम्पस प्रमुख नियुक्त नहुँदा क्याम्पसका दिर्घकालीन निर्णयहरु हुन नसकेको दमक बहुमुखी प्राध्यापक संघका अध्यक्ष यज्ञराज गिरी (राम गिरी) ले बताउनु भयो । क्याम्पसको नयाँ सेसन सुरु हुन लागिसक्दा समेत राजिनामा स्विकृत भैसकेका प्रमुखले प्रशासन चालाउनु पर्दा काममा समस्या भएको अध्यक्ष गिरीले बताउनु भयो । राजिनामा स्विकृत भैसकेका प्रमुखको आदेस प्रति कर्मचारीहरुनै उत्तरदायी हुन छाडेको नाम उल्लेख नगर्न आग्रह गर्दै एक प्राध्यापकले भने ।
हालका क्याम्पस प्रमुख भट्टराईको राजिनामा स्विकृत हुना साथ क्याम्पस सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुखको शिफारिस गर्न समिति बनाएकोले समितिले शिफारिस गर्नासाथ नयाँ प्रमुख नियुक्त गर्ने क्याम्पस अध्यक्ष देवी दाहालले बताउनु भयो । तर शिफारिस समिति गठन भएको एक महिना पुग्न लाग्दा पनि बैठक बस्न सकेको छैन ।
क्याम्पस प्रमुख शिफारिशसमितिका संयोजक अम्बिका खनालले आफुले भनेको व्यक्तिलाई सिफारिस गर्न समितिमा निर्णय नहुने देखिएकोले बैठक नबोलाएको सिफारिस समितिका सदस्य मोहन धिमालले आरोप लगाउनु भयो ।
समितिका संयोजक अम्बिका खनालले भने समिति भित्र क्याम्पस प्रमुख कसलाई बनाउने भन्ने बिषयमा सहमति नजुटेकाले बैठक नबोलाईएको बताउनु भयो । यस अघि जेष्ठतालाई आधार मानेर क्याम्पस प्रमुख नियुक्त गरे पनि समितिका सदस्यहरुले भने योग्यतालाई मात्रै आधार मान्नु पर्ने तर्क गरेकोले समितिमा सहमति नजुटेको सम्योजक खनालले बताउनु भयो ।
प्रमुख शिफरिस हुन नसक्नु कांग्रेस र नेकपाको दलिय ईगो
नयाँ क्याम्पस प्रमुख सिफारिसको लागी नेकपा नेता अम्बिका खनालको संयोजकत्वमा कांग्रेसबाट ढुण्डीराज भण्डारी, राप्रपा बाट बासुदेव भट्टराई, जनमुक्तिबाट मोहन धिमाल र नेकपा क्रान्तिकारीबाट लोमनाथ भण्डारी सदस्य रहेको समिति गठन भएको छ । तर सिफारिस समितिमा दलिय ईगोका कारण सहमति हुन नसकेको स्रोतले बताएको छ ।
नेकपाका स्थानिय नेता रहेका संयोजक खनाल जेष्ठताको तर्क देखाएर गत निर्वाचन अगाडी कांग्रेस छोडेर नेकपा प्रवेस गरेका ईन्दिराज पौडेललाई क्याम्पस प्रमुख शिफारिस गर्नु पर्ने अडानमा रहेको तर निर्वाचनको मुखैमा पार्टि छाडेर जानेलाई कुनै हालतमा क्याम्पस प्रमुख नबनाउने भन्दै जेष्ठता मात्रै नभएर योग्यता र क्षमताको आधारमा अरुको बिषयमा पनि छलफल हुनुपर्ने कांग्रेसको अडान रहेको स्रोतले बताएको छ । दुई दलको आ–आफ्नो स्वार्थका कारण समितिको बैठक बस्न नसकेको स्रोतले जनाएको छ ।
धेरै पटक जेष्ठतालाई आधार मानेर क्याम्पस प्रमुख नियुक्त गरिएको भए पनि कुनै बेला जेष्ठताको परम्परा पनि तोडिएको ईतिहाँस छ । यस अघि गोपि गिरी र मोहन भण्डारीलाई क्याम्पस प्रमुख बनाउँदा जेष्ठतालाई मात्रै आधार नमानिएकोले योग्यता र क्षमताको आधारमा क्याम्पस प्रमुख नियुक्त गर्नु पर्ने कांग्रेसको तर्क रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here