दमक १० स्थित सिंहदेवी माध्यमिक बिद्यालयका विद्यार्थीहरुमा ‘मास कन्भर्सन डिसअर्डर’

0
527

जेठ ३०/
दमक वडा नम्बर १० स्थित सिंहदेवी माध्यमिक बिद्यालयका विद्यार्थीहरुमा ‘मास कन्भर्सन डिसअर्डर’ समस्या भएको पाईएको छ ।
कक्षा ६ र ७ का छात्रा बिद्यार्थीहरुमा केहिदिन यता यो समस्या देखिएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनुभयो । उहाँका अनुसार बिद्यार्थीहरु काम्ने, चिच्याउने, कराउने, ढल्ने, वेहोस हुने, हातखुट्टा झट्कार्ने, बर्बराउने, श्वास फेर्न गाह्रो हुने, आत्तिने लक्षणहरुले सताउने गरेको छ ।
हिँजोबाटनै मनोपरामर्शदाता सहितको टोली बिद्यालय पुगेर यस बिषयमा आवश्यक परामर्श दिन श्ुरु गरिएको वडाध्यक्ष बोधराज न्यौपानेले वताउनुभयो । उहाँले विद्यार्थीहरुलाई समस्याबाट छुटकारा दिलाउन वडा कार्यालयबाट आवश्यक सहयोग पुरयाँउने बताउनुभयो ।
बिद्यालयमा पुग्दा अभिभावक, बिद्यार्थी र शिक्षकहरु नै यसबाट त्रसित भएपछि एकाएक यो घटना बाहिर आएका हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here