दमकमा आज देखी प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु , नगरभित्रका २ हजार १ सय ५० बेरोजगार मध्ये १ सय ७६ जनाले रोजगारीको अवसर पाए

0
907

सप्तरङ्गी एफ.एम. दमक/जेठ ३०/
प्रधानमन्त्री रोजगार कार्यक्रम दमकमा पनि शुरु भएको छ । आज नगरपालिकामा एक कार्यक्रम गरि १ सय ७६ युवालाई रोजगारी प्रदान गरिएको जानकारी गराईएको हो । दमकमा २ हजार १ सय ५० जना बेरोजगारहरु सुचिकृत भएपनि यस वर्ष भने नगरपालिकाबाट १ सय ७६ जनाले मात्र रोजगारीका अवसर पाएको नगरपालिकाले जनाएको छ । दमक नगरपालिका रोजगार संयोजक राजेन्द्र खनालका अनुसार वेरोजगार युवाहरुलाई उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा एक महिनाका लागि रोजगारी प्रदान गरिएको हो ।
प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यमा आज भएको कार्यक्रममा नगरप्रमुख रोमनाथ ओलीले यस पटक बृक्षारोपण र सरसफाईका क्षेत्रमा रोजगारी प्रदान गरिएको र आगामी वर्ष अन्य क्षेत्रहरुमा रोजगारीको अवसर प्रदान गरिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here