दमक बेल्डांगीको महिला सुरक्षा गृहलाई लयन्स क्लब अफ सेविकाको सहयोग

0
2939

जेठ २८/
लायन्स क्लब अफ सेविका दमकले दमक ३ बेल्डांगीमा सञ्चालीत महिला सुरक्षा गृहलाई स्टिल दराज उपलब्ध गराएको छ । दमक गनरपालीकाको व्यवस्थापन र ग्रामीण तथा शहरी विकाश नेपाल दमकको संयोजनमा सञ्चालीत महिला सुरक्षा गृहका कागजपत्र तथा सामाग्रिहरु राख्नको लागी स्टिल दराज उपलब्ध गराएको हो । दमकका अग्रणी महिलाहरु मात्रै सदस्य रहेको लायन्स क्लब अफ सेविकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सुरक्षा गृहलाई दराज हस्तान्तरण गरेको लायन्स सेविकाकी थर्ड भिपि जानुका आचार्यले जानकारी दिनुभयो ।
हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्नको लागी आवासीय सुबिधा सहित सञ्चालीत महिला सुरक्षा गृहमा आगामी दिनमा पनि बिभिन्न सहयोग जारी राख्ने लायन्स सेविकाकी संस्थापक अध्यक्ष रेगिना भट्टराई प्रसाईंले बताउनु भयो । लायन्स सेविकाकी अध्यक्ष रिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अनाथ बाल बृद्धाश्रमकी अध्यक्ष सुमित्रा प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दमक नगरपालीकाको न्यायिक समिति सदस्य कमल श्रेष्ठ, ग्रामीण तथा सहरी विकाश नेपालका अध्यक्ष बसन्त लक्ष्मि उदास, उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ, लयान कर्मिहरु जिवन शिवाकोटी, पवन अधिकारी लगायतले बोल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here