महानायक हमालसँग बर्थ डे मनाउँन पाउँदा हर्षित बने भूटानी

कार्यक्रममा सम्मान पनि

0
1879

कार्यक्रममा सम्मान पनि

  २६ जेष्ठ २०७६/डिकेश लामा
दमक/नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले यस बर्ष आफ्नो जन्मोत्सव भूटानी शरणार्थीहरुसँग मनाएका छन् । फेन्स क्लव बीआरसीको आयोजनामा आइतबार साँझ भएको कार्याक्रममा वेलुका ८ बजे हमाल र उहाँकी धर्म पत्नी मधु भट्टराईले एक साथ केक काटेर भूटानी तथा स्थानीय क्षेत्रका बासिन्दासँग हर्षोल्लासका साथ जन्मोत्सव मनाएका छन् ।
जन्मोत्सव मनाउँदै हमालले आफूले अभिनय गरेको फिल्म हेरेर धेरै नेपाली भाषी भूटानीहरुले अमेरिका तथा अन्य भूटानी स्थान्तरण भएका देशमा गएकाहरुले माया गरेको बताउनु भयो । उहाँले बर्थ डे मनाउँदै आफ्नो उमेरबारे यस अघि धेरै बर्ष पहिले शिविरमा आउँदा पनि आफू २५ बर्षको भएको र यस पटक पनि २५ बर्षको नै भएको भन्दै हाँसो समेत गर्नु भयो ।
झापाको दमक नगर पालिका वडा नं. ३ मा २७ बर्ष अघि शरणार्थीको रुपमा आएका भूटानीले महानायकसँग प्रत्यक्ष भेटेर बर्थ डे मनाउँन पाउँदा आफूहरुलाई औधी खुशी लागेको उनीहरुले बताएका छन् । कार्यक्रममा गायक सुगम पोखरेल, हिमाल सागर, आषिश सचीन लगायतले गीत समेत गाएका छन् । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शिविर तथा स्थानीय क्षेत्रका सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष युवराज साङपाङले शरणार्थीको समस्यामा विशेष सहयोग गरेको भन्दै दमक वडा नं. ३ का अध्यक्ष नविन बराललाई सम्मान गरिएको छ । अमेरिकाको ओहायो राज्यबाट आइभेरी हेल्थ सर्भिसले गरेको स्पोन्सरमा भएको कार्यक्रममा शरणार्थी शिविरमा धेरै आगोलागी घटना भएकोले सो विरुद्धमा जनचेतना जागृती गराउँन सहयोग गर्ने विभिन्न धार्मिक संघसंस्थालाई समेत सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here