"गजल"

0
1027

“स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य”

dev
“गजल”

सपनाहरु लुटेर, नाटक गर्छ जिन्दगी /
ऎनासरि फुटेर ,नाटक गर्छ जिन्दगी //

फुटेको छ मानवता ऎनासरि चर्केर /
सतहीमा जुटेर ,नाटक गर्छ जिन्दगी //

छातीको चोट आँखाभरि छल्कि रा’छ /
कृतिम हाँसो चुटेर,नाटक गर्छ जिन्दगी//

गोही आँसु झार्दै रुन्छ लास समाइ /
आफ्नैलाई भुटेर, नाटक गर्छ जिन्दगी //

आफ्नो आङमा हात्ती हिड्छ… ,देख्दैन ऊ /
घमण्डले छाती कुटेर ,नाटक गर्छ जिन्दगी //

“देव लामा “//GBLO
…….USA………

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here