वाम गठबन्धनको एजेण्डा अनुमोदन भएरै छोड्छः प्रचण्ड

0
904

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनबाट वाम गठबन्धनका एजेण्डा अनुमोदन भएको दावी गरेका छन् ।

जनताले सिंगै राष्ट्रलाई एकता गर्ने र मुलुक समृद्ध पार्ने जिम्मेवारी दिएको उनको भनाई छ । उनले भने, ‘हामीले त्यो जिम्मेवारी पुरा गर्नैपर्छ ।’

अध्यक्ष दाहालले राष्ट्रियसभा गठन सम्बन्धमा अनावश्यक विवाद भइरहेको बताएका छन् । दाहालले बिहीबार देशभक्त गणतान्कि मञ्चले अयोजना गरेको कार्यक्रममा ‘संविधान कार्यान्वयनको अन्तिम चरणमा अहिले यस्तो विवादमा अल्झिनु जरुरी भएको प्रष्ट्याए ।

‘जनताको फैसला भन्दा ठूलो फैसला अरु केही हुन सक्दैन’ उनले भने, ‘अन्य ऐन, कानून र फैसला, जनताको फैसलाको अगाडि सामान्य हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here