तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड सम्पन्न

0
42

काठमाडौं । 

ब्राण्डरुट इन्टरटेनमेण्ट प्रालिको आयोजनामा तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० कार्यक्रम सम्पन्न भएको छ।

आवाज इन्टरनेशनलसँगको सहकार्यमा शनिबार भ्वाइस अफ नेपालको हल धुम्बाराहीमा पूर्व शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न ५४ विधामा अवार्ड वितरण गरिएको थियो।

 तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्डमा अग्रज संगीतकार शम्भुजीत बास्कोटालाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ ।

नेपाली संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै बास्कोटालाई २१ हजार १२१ रुपैयाँ नगदसहित सम्मान गरिएको आयोजक संस्था ब्राण्ड रुट इन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।

यस्तै नव प्रतिभा खोजी पत्रकारिता सम्मान सञ्चारकर्मी भोजराज थापालाई प्रदान गरिएको थियो। नेपाली सञ्चार क्षेत्रमा पछिल्लो पुस्ताका सक्रिय थापाले सञ्चार कर्ममार्फत नवोदित कलाकारहरुलाई प्रोत्साहित गरेको भन्दै सम्मान पत्रद्वारा पुरष्कृत गरिएको थियो।

अन्तर्राष्ट्रिय संगीत सम्मान जेनिशा गौतमलाई प्रदान गरिएको छ भने युवा प्रतिभा सम्मान २०८० बाट अंश बर्मालाई सम्मानित भएका छन्। यस्तै बहु प्रतिभाशाली अवार्ड टंक बुढाथोकी र सिर्जनशील उद्यमशीलता तर्फ दीपक कार्की सम्मानित भएका छन्।

कार्यक्रममा बाग्लुङ कालिका ट्रष्का प्रमुख कुमार खड्का ,कलाकार लक्ष्मण श्री, संगीतकार रामु खड्का,गीतकार तथा गायक शान्त शिशिर लगायतलाई विभिन्न सम्मान गरिएको थियो।

यस वर्षको सर्वोत्कृष्ट आधुनिक गायकतर्फ प्रमोद खरेलले अवार्ड प्राप्त गरेका छन् भने गायिकातर्फ समीक्षा अधिकारीले अवार्ड प्राप्त गरेकि छिन्। यस्तै सर्वोत्कृष्ट संगीतकारबाट रोसिन सिंहको पोल्टामा अवार्ड पर्यो भने गीतकार तर्फ हरिभक्त बुढाथोकीलाई अवार्ड प्रदान गरिएको छ।

सर्वोत्कृष्ट क्यामेरापर्सन (सिनेम्याटोग्राफर) बाट जितु तामाङ सम्मानित भएका छन् भने लोक पप निर्देशनतर्फ बिक्रम चौहान सम्मानित भएका छन्। सर्वोत्कृष्ट लोक दाहोरी मोडल पुरुषतर्फ बिमल अधिकारी सम्मानित भए भने महिलातर्फ एलिना रायमाझी सम्मानित भएकी छिन्।

सर्वोत्कृष्ट आधुनिक पप गायकको अवार्ड टेक विसी र गायिकातर्फ एलिना चौहानले पाएका छन्। यस्तै सर्वोत्कृष्ट लोक दोहोरी गायकको रुपमा कमल विसी माल्दाई सम्मानित भए भने गायिका तर्फ लक्ष्मी खड्का सम्मानित भएकी छिन्।

सर्वोत्कृष्ट थारु गायकतर्फ रोशन रत्गैया र गायिकातर्फ अञ्जु कुश्मी, मोडल पुरुष तर्फ मुकुन्द जिसी र महिलातर्फ कविता राय सम्मानित भए । देउडा गायनतर्फ सर्वोत्कृष्ट गायकको अवार्ड नरेश बिबिसि र गायिकातर्फ रेखा जोशीले अवार्ड हात पारेका छन् भने युगल गायनतर्फ सन्तोष सुनार र अनु चौधरीले सर्वोत्कृष्ट गायनको अवार्ड पाएका छन्।

यस्तै पब्लिक च्वाइसतर्फ मोडल बिक्रम बुढाथोकीले अवार्ड हात पारे भने नव आधुनिक गायकमा हर्क गहतराजले अवार्ड पाउन सफल भएका छन्। नव आधुनिक गायिकातर्फ सिमरन परियार, संगीतकारमा निरप्रसाद गुरुङ र गीतकारमा नारायण श्रेष्ठले अवार्ड पाउन सफल भए।

यसैगरी सर्वोत्कृष्ट आधुनिक मोडेलको पुरुषतर्फको अवार्ड विजय दोङ र महिलातर्फ गिता ढुंगानाले हात पारेका छन् भने नव आधुनिक मोडल पुरुष तर्फ रमेश विश्वकर्मा र महिलामा कुसुम शर्माले उपाधि हात पार्न सफल भएका छन्।

सर्वोत्कृष्ट आधुनिक गीत निर्देशक विकास प्रसाईं, आधुनिक पप एरेञ्जरको उपाधि विशाल निरौला र भिडियो सम्पादनतर्फ लक्ष्मण चौहान सम्मानित भएका छन्।

यस वर्षको सर्वोत्कृष्ट गीतका लागि उर्गेन दोङ, लोकदोहारी संगीतकार अनिश दवाडी र गीतकारतर्फ रेखा खरेल र पप गायकको अवार्ड हिमाल श्रेष्ठले र नव पब्लिक च्वाइसतर्फ अवार्ड सञ्जु पाठकले प्राप्त गरे।

७ विधामा प्रदान गरिएको जुरी अवार्ड सांगीतिक क्षेत्रका १५ स्रष्टालाई प्रदान गरिएको छ। जसमा सर्वोत्कृष्ट आधुनिक गायकतर्फ गोविन्द मधुर आचार्य, संगीतकारतर्फ सुवास कार्की र गीतकारमा शिव पौडेललाई सम्मानित गरिएको छ ।

यस्तै नव आधुनिक गायकतर्फ सुजनबाबु गुरुङ, गायिकामा रोजिना बस्नेत, संगीतकारतर्फ नेहार बुढाथोकी र मोडल महिलातर्फ संगीता शाहीले प्राप्त गरे। जुरी तर्फको सर्वोत्कृष्ट आधुनिक निर्देशकमा सिर्जन बराल र आधुनिक पप एरेञ्जरको अवार्ड खेमराज गौतमले प्राप्त गरे।

सर्वोत्कृष्ट लोकदोहोरी संगीतकार तर्फ जुरि अवार्ड ऋषि खड्का र अभिनेत्रीतर्फ मोडल झरना रिसालले पाएका छन्। यस्तै नव मोडल इन्करेजमेण्ट अवार्ड पुरुषतर्फ रमेश बस्नेत र महिलातर्फ केलिना सिजवाल र नब सगितकार तर्फ टेक राज ओझा भने गितकार तर्फ बिकाश थापा र सर्वोत्कृष्ट ड्रेस डिजाइनरको अवार्ड शुक्निता चौंलागाईंले प्राप्त गरिन्।

वरिष्ठ लोक गायिका चन्द्रकला शाह, वरिष्ठ लोक गायक तथा मादल बादक खर्क बहादुर बुढा,गीतकार बि पान्डे,रापती समाज काठमाडौंको अध्यक्ष तथा उपन्यासकार सीमा पुरी,गीतकार राधा पाण्डे ,जनवादी गायक टेक बहादुर बलम्पाकी ,समाजसेवी बलिभद्र राना,विवेक श्रेष्ठ लगायत सयौंको संख्यामा स्रष्टा सर्जक तथा कलाकारको उपस्थिति रहेको कार्यक्रमको सम्योजन संगीतकार तथा गीतकार सुनिल बिसिले गरेका थिए।

शनिबार काठमाडौंमा आयोजित समारोहमा ५० विधामा अवार्ड वितरण गरिएको छ । समारोहमा चर्चित लोकदोहोरी गायक चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुप्रसिद्ध उद्घोषक शशी शर्मा मजगैयाँले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here