४० दिन सम्म उपबास बस्दै शरणार्थी समस्या समाधानका लागि प्रार्थना

0
4549

विश्वका भूटानी र नेपाली राजनैतिक अस्थिरताको अन्त्यको कामना
डिकेश लामा/ २४ कार्तिक २०७४
बेलडाँगी/भूटानी शरणार्थीहरुको दिगो समाधानका लागि भूटानी क्रिश्चियन सोसाइटीले हरेक दिन प्रार्थना गर्दै ४० दिने उपबास कार्यक्रम आज सम्पन्न गरेका छन् । बेलडाँगी क्रिश्चियन सोसाइटीको आयोजनामा भएको कार्याक्रममा सहभागी ५० जना उपबास लिने भूटानी क्रिश्चियनहरुले उपबास कार्यक्रम गरेको सोसाइटीका संयोजक जोनाथन राईले बताउनु भयो । विश्वमा रहेका भूटानीहरुको कामना, नेपालको राजनैतिक अस्थिरताको अन्त्य, शिविरमा रहेका शरणार्थीको समस्या समाधानका विषयमा प्रार्थना गरिएको शिविर सचीव तथा पास्टर टिकाराम रसाइलीले बताउनु भयो । २५ बर्ष वितीसक्दा पनि शरणार्थी समस्याहरुको अन्त्य नभएकोले धार्मिक तवरले विशेष उपवास सहित दैनिक प्रार्थना गरिएको कार्याक्रममा सहभागी विमला प्रधानले बताउनु भयो । कार्याक्रम भूटानी शरणार्थी शिविर भित्र रहेको अभिषेक चर्चमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here