कोलंबसमा साहित्यिक कार्यक्रम, दुई कृति विमोचित

0
1196

           गत शनिबार तदनुसार १६ गते २०१६ Ohio कोलंबसमा एक सुन्दर साहित्यिक कार्यक्रम बीच दधिराम लामिटारेद्वारा रचित “जन्मभूमि” महाकाब्य र “दर्पण” कविता संग्रह एक साथ विमोचित भएको छ | कोलोम्बोस (Columbus) भूटानी अमेरिकन समूदाय र स्रष्ट संगम Ohio को संयुक्त आयोजनमा सम्पन्न भएको उक्त कार्यक्रम, अर्जुन रसाइलीको सभापतित्वमा भएको थियो भने बरिष्ठ नेपाली साहित्यकार श्री कृष्ण IMG_5388धरावासी प्रमूख अथिति रहेका थिए |
सो कार्यक्रममा श्री गंगा लामिटारे, श्री डेन्जोम साम्पहंग, श्री भक्त घिमिरे, श्री घनश्याम रेग्मी, श्री सन्चमान खालिंग, श्री रूप नारायण पोख्रेल, श्रीमती लिला निशा, श्री  शिव दाहाल, डा. लक्ष्मीनारायण ढकाल आदि भूटानी नेपाली अग्रज साहित्यक व्यक्तिवहरु, भूटानका अग्रज मार्शल आर्टका प्रशिक्षक श्री टि.आर. राई साथै जागरुक साहित्यिक तथा सांगीतिक युवा स्रष्टहरुको बाक्लै उपस्थिति रहेको थियो | उत्तम मरलुंग साम्पंग, सौरव तिम्सिना, राज बराल, धर्मेन्द्र तिम्सिना, रत्न सुब्बा, खेम रिजाल, दिलन समल,  पूर्ण नर्जले, देवी सुबेदी, प्रविन दियाली आदि युवा स्रष्टहरुले कविता, गीत, गजल जस्ता सृजना प्रस्तुत गरेका थिए |

             विशेष गरेर कार्यक्रममा भूटानी नेपाली साहित्यको वर्तमान अवस्थालाई प्रकाश पार्दै निकासको खोजीमा बक्तहरू केन्द्रित देखिन्थे | साहित्य परिषद्, भूटानका अध्यक्ष श्री भक्त घिमिरेले भूटानी नेपाली साहित्यको वर्तमान अवस्था माथि बोल्दै अब सबै एक हुनको विकल्प नरहेको जिकिर गरे | नेपाली पाठ्यक्रमको निर्माण, भूटानी नेपाली साहित्यलाई थप संस्थागत कसरी गर्ने र साहित्यिक माहौल किन विवादित छ ; यावत विषयमा छलफल भएको थियो |

भब्य र सभ्य, उक्त कार्यक्रम श्री आर.बि खड्का र अर्का स्रष्ट चेलीले संचालन गरेका थिए |

Photo Feature:

IMG_5373 IMG_5386 IMG_5414 IMG_5427 IMG_5432 IMG_5444 IMG_5446 IMG_5447 IMG_5448 IMG_5449  IMG_5453 IMG_5458IMG_5452 IMG_5460 IMG_5465

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here