सामाजिक गतिविधि, प्रश्न र प्रभाव [सम्पादकीय]

0
2509

हामी सबैले बुझेको कुरा, एउटा सामान्य ज्ञान के हो भने सामाजिक मूल्य मान्यता, हामीले निर्माण गरेको पहिचान, विकास, हाम्रो व्यवहार र चालचलननै समाजको दर्पण हो र यो दर्पणलाई प्रत्यक्ष वा परोक्ष थुप्रै तत्वहरुले प्रभावित गर्दछ जस मध्ये सामाजिक गतिविधि एक प्रभावकारी कारकको रूपमा स्वीकार्न सकिन्छ | सामाजिक गतिविधि यति शक्तिशाली हुन्छ जसले हाम्रो समाजलाई सकारात्मक वा नकारात्मक कुनै पनि दिशा तर्फ मोड्ने क्ष्यमता राख्दछ |

त्यसैले समाजमा हुने गतिविधिलाई उचित मुल्यांकन, समिक्षा र विश्लेषण हुन जरूरी हुन्छ | सकारात्मक चिन्तन, निष्पक्ष, निस्वार्थ , समाजोपयोगी, स्वच्छ, पारदर्शी जस्ता गुणहरूद्वारा हाम्रा सामाजिक गतिविधिहरू संचालित हुनसके सुन्दर, सभ्य, शान्ति र सद्भावपूर्ण समाजको परिकल्पना गर्न सकिन्छ | त्यसैगरी आजको युवा वर्ग र भावी पीढ़ीलाई कस्तो दिशानिर्देश गर्ने भन्ने विषयमा आजको हाम्रो गतिविधिले निर्णायक भूमिका निर्वाह गर्ने हुदा विकृति र विसंगतिबाट जोगाउदै असल गोरेटो तर्फ मोड्नलाई सृजनशील सद्भावपूर्ण सामाजिक परिपाटीको अनुमोदन र अभ्यास अपरिहार्य हो | तर आफुलाई लाभान्वित हुने वृत भित्रकोलाई प्राथमिकता, राम्रो भन्दा हाम्रो, निहित स्वार्थ र चर्चा मोहले प्रेरित गतिविधिको कारण बृहत स्वार्थको निम्ति हुने कार्यहरुको अवमूल्यन हुदोरहेछ, अमुल्य योगदान गर्ने वास्तविक समाज सेवीहरू ओझेलमा पर्दो रहेछ | तसर्थ, सफल हुनेहरूलाई खोजी खोजी सम्मान गर्दै गर्दा भएर होस् या नभएर होस् विज्ञापन नगरी समाजको निम्ति लागि पर्ने असल समाज सेवीको वेवास्ता नहोस् |
अर्को हातमा आज यस्तो समय आएको छ जहाँ प्राय सबैले आफुलाई सही र सक्षम सम्झिने भ्रममा अरूको कमजोरी केलाउदै औलाउने रोचक परिदृश्य देख्न सकिन्छ मानौं बिरोध हाम्रो पर्यायवाची हो | समाजमा जो राम्रो काम भईरहेका छन् त्यसलाई प्रोत्साहन र प्रसंसा कहिले गर्ने ? अरूको राम्रै कामलाई पनि भएन भन्ने हामीले अवलम्बन गरेको चरित्रबाट मुक्त भइ सद्भाव र सहकार्यमा कहिले रमाउने ?

हो, निश्चित हिसाबले परिष्कृत मूल्य मान्यता जहाँ समाजको आफ्नै तर उचित पहिचानमा जोड, उपयुक्त व्यवहारको अभ्यास, भाषा साहित्य कला र संस्कृतिको संरक्षण समर्द्धन, पर्वद्धन र प्रचारप्रसार आदि यी विविध पक्ष, समाजलाई सकारात्मक प्रवाभ दिने अत्यन्तै आवश्यक निधि हो र यसलाई प्रशय प्रदन गर्नु स्वागत योग्य कार्य मात्र होइन अपनाउनु अनिवार्य नै ठहर्छ | तर के यस किसिमको कार्य सम्पादन हुने सामाजिक गतिबिधि हाम्रो समाजमा कतिको हुँदैछ ? हाम्रा समाजका बौद्धिक वर्गले सोच्ने बेला आएको छ | हुदै छ भने थप सहयोग र हौसला प्रदान गर्नु जरूरी छ कि छैन ? यसको सठीक उत्तर खोज्ने जिमेवारी हामीले बहन गर्ने कि नगर्ने ? अबको यक्ष प्रश्नहरू हुन सक्छन् यी |

समाज यथास्थितिमा रहने वा विकासमा रुपान्तरण हुने भन्ने विषयमा सामाजिक गतिबिधिको भूमिका अहम् हुने हुदा यसलाई आमसञ्चारले पनि उचित सम्बोधन गर्नु पर्दछ किन कि आमसञ्चार माध्यामबाट प्राप्त सूचना आम मानिसको निम्ति धारणा, विश्लेषण र दृष्टिकोण बिकासको स्रोत हुने गर्दछ | तर के आजको हाम्रो आमसञ्चार माध्यामले सत्य, तथ्य र विश्वासिलो समचार सम्प्रेषण गर्दै सामाजिक गतिविधिको एउटा पाटो हुनुको जिमेवारी पूरा गेरको छ त ? आज हाम्रो पत्रकारिताको नैतिकता, ज्ञान र कौशलता माथि पनि प्रश्न उठेको छ | त्यसैले सही, सन्तुलन र विश्वसनीयतालाई आत्मसात गरेर हाम्रो पत्रकारितालाई व्यवस्थित र मर्या्दित बनाउन अनलाइनमा उम्रेका हाम्रा आमसञ्चार माध्याम पनि जिमेवार हुनु आवश्यक देखिएको छ | तर महत्वपूर्ण कुरा, हाम्रो सामाजिक गतिविधि सिङ्गो समाजलाई समृद्धि तर्फ लाने निष्पक्ष, निस्वार्थ, स्वच्छ र पारदर्शी बन्न सकोस् |

अस्तु !

डेन्जोम
प्रकाशित :
३० पौष २०७५, सोमवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here