नायक अनमोल केसी अमेरिकामा

0
1457
ANMOL KC/Google

निर्देशक झरना थापाले निर्देशन गरेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायाङ्कनको लागि नायक अनमोल केसी अमेरिका आई पुगेका छन् । उनलाई अमेरिकाको डिसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहा ना थापा, अभिनेत्री, निर्मात्री तथा यस चलचित्रकी निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले स्वागत गरेका थिए । 

संक्षिप्त कुरा गर्दै नायक अनमोल केसीले अमेरिकामा छायाङ्कन गर्न पाउँदा हर्ष लागेको बताए । उनले लामो समय सम्म चलचित्र उद्योगमा काम गरी सक्नु भएकी अग्रज झरना थापासँग काम गर्न निकै सहज भएको बताए ।

साथै आफूले मेहनत साथ काम गरी रहेको र आफ्ना सबै प्रशंसक तथा नेपाली चलचित्र मन पराउनु हुने सबैलाई माया गरी दिनु हुन् अनुरोध समेत गरेका छन् । यसै गरी प्रथम चलचित्र खेल्ने अवसर पाएकी निर्माता सुनिल कुमार थापा तथा निर्देशक झरना थापा कि सुपुत्री सुहा ना थापाले अमेरिकामा छायाङ्कन गर्न पाउँदा निकै उत्साहित भएको बताइन । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहा ना थापाको मुख्य भूमिका छ ।

चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नव नायिका सुहा ना थापा केही दिन अगाडि अमेरिका आएका हुन् । 

साथै अनमोलसंग काम गर्न पाउँदा भाग्यमानी रहेको भन्दै अहिले सम्म भएको काममा आफू सन्तुष्ट भएको बताइन । यसै गरी निर्देशक झरना थापाले अमेरिकाको डिसी क्षेत्र, न्यु योर्क तथा मायामीमा चलचित्रको अन्तिम छायाङ्कन गरिने बताइन । उनले अगाडी भनिन, चलचित्रलाई चैत्र २९ गतेबाट प्रदर्शन गर्ने लक्ष्य रहको बताउँदै आउने चलचित्रलाई पहिला जस्तै माया गरी दिनु हुन् सबै दर्शकलाई अनुरोध गरेकी छिन् ।

निर्माता सुनिल कुमार थापाले अमेरिकाको बसाई केवल दुई हप्ता हुने बताउँदै यो चलचित्र समय मै प्रदर्शन गर्ने बताए । निर्देशक झरना थापाले निर्देशन गरेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले निकै चर्चामा छ । चलचित्रको प्रेम प्रसङ्ग युक्त (रोमान्टिक) गीतका केही तस्बिरहरू सार्वजनिक गरेको छ । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here