अमेरीकाको ओहाइअाेमा कृति बिमोचन तथा साहित्यीक कार्यक्रम सम्पन्न

0
1111

पुष २३ । अमेरीकाको ओहियोमा कृतिमाथि समिक्षा, गिति एल्बम बिमोचन, स्रस्टा सम्मान तथा रचना वाचन सहित बिबिध साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । मातृभाषा संरक्षण समूह र साहित्य परिषद्, भूटानको संयुक्त आयोजनामा हिँजो जनवरी ६ मा कार्यक्रम सम्पन्न भएको हो ।

सुशिल रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा रमेश दियालीद्वारा लिखित उपन्यास छाप्रो नम्बर ५५ को स्रष्टा प्रतिमान शिवाले समीक्षा गर्नु भएको थियो । आयोजक संस्थाहरूका तर्फबाट धर्मेन्द्र तिम्सिना क्षितिज र साहित्य परिषद् अध्यक्ष गंगा लामिटारेले संयुक्त रूपमा उपन्यासकार दियालीलाई सम्मान–पत्र प्रदान गर्नुभयो ।

https://youtu.be/kR13AECY1S8 त्यसैगरी सोहि कार्यक्रममा गीतकार भिम अधिकारी (कश्यप) को एकल शब्द र सुशिल विश्वकर्माको एकल संगीतमा रहेको गीती एल्बम “पिडा’’ को विमोचन पनि गरिएको छ ।
कर्ण गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्रष्टाहरूले रचना वाचन समेत गरेका थिए ।

कार्यक्रममा शेरु राई उदासद्वारा सबैलाई हँसाउदै गजल वाचन साथै समाजसेवी उत्तम रसाइलीले २०१९ सालको भितेपात्रो सित्तैमा बाँड्नुभएको थियो । कार्यक्रममा बिभिन्न राज्य बाट ५० जना भन्दा धेरै स्रष्टाहरुको पस्थिति रहेको थियो । रन खड्काले अतिथिहरुलाईलाई स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सानी नानी सोफिया अधिकारीले नेपाली लिपिमा लेखेको गीत सुनाएर सबैलाई चकित पार्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here