दमकमा तिन स्रष्टाको गजल महफिल सम्पन्न

0
918

मंशिर २२/
गजल घर नेपाल प्रदेश नम्बर १ को आयोजनामा आज दमकमा तिन जना गजलकारहरुको महफिल साँझ सम्पन्न भएको छ । उर्लाबारी गजल मञ्चको सहकार्यमा सम्पन्न भएको महफिलमा झापाकी गजलकार ईन्दिरा कुमाल, काठमाण्डौकी गजलकार चन्द्रा चाम्लिङ र डोल्पाकी गजलकार कुन्साङ लामाले आ आफ्ना गजल बाचन गर्नु भएको हो । गजलकार त्रय कुमाल, चाम्लिङ र लामाले ७÷७ वटा गजल वाचन गर्नु भएको थियो ।
गजल घर नेपाल दमकका अध्यक्ष बाटोघरे कान्छा को अध्यक्षतामा भएको कार्यक्रममा अग्रज गजलकार भुपेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजलकार लोकेन्द्र बन्जरा, बिबस बलिभद्र कोईराला, जितेन मुस्कान लगायतले गजल लेखनमा नेपाली माटोको सुगन्ध आउनु पर्नेमा जोड दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here