अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गौरादह नगरपालीकाको अभिनन्दन

0
787

मंशिर २२/
अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गृह नगरमा आज अभिनन्दन गरिएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ स्थित बैगुनधुरामा आज एक कार्यक्रमबीच उहाँलाई नगरपालिकासहित अमर माध्यमिक विद्यालयले नागरिक अभिन्नदन गरेको हो । उहाँ बैगुनधुराका बासिन्दा हुनुहुन्छ ।
विद्यालयले आफनो स्वर्णमहोत्सवको अवसर पारेर आजदेखि शुरु श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटनमा अर्थमन्त्री खतिवडालाई देशको अर्थनीति र विकासमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै नागरिकका तर्फकबाट अभिनन्दन गरेको हो । त्यसैगरी गौरादह नगरपालीकाले पनि नगरबासीको तर्पm बाट अर्थमन्त्रीलाई नागरिक अभिनन्दन गरेको हो । नगरपालिकाको तर्फबाट प्रदान गरिएको अभिनन्दन पत्र नगरप्रमुख रोहित शाह र विद्यालयद्धारा प्रदान गरिने अभिनन्दन पत्र महायज्ञका मुख्य कथावाचक आचार्य पण्डित सुदर्शन शरण ढुंङ्गेलले हस्तान्तरण गर्नुभयो ।
अभिनन्दन पत्र ग्रहण र महायज्ञको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले धार्मिक संहिष्णुतानै नेपालीको विशिष्ट गहना भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here