राष्ट्रियसभा सदस्य पासवानमाथि कुटपिट

0
542

कात्तिक ३० ।

राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ ।

कविलासी नगरपालिका–६, मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो ।

उनी संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सातजनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उनले बताए ।

उनको शरीरमा चोट लागेको बताइएको छ ।

राष्ट्रियसभा सदस्य पासवानमाथि संघातिकरुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ ।

संघका जिल्ला अध्यक्ष हेमन पासवानद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

यस्तै, संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिलेसमेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारबाहीको माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here