पार्टिको वर्तमान नेतृत्वबाट कांग्रेस बलियो हुन सक्दैन : डा.मिनेन्द्र रिजाल

0
933

कात्तिक २९/
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गर्नुभएको छ । कांग्रेसलाई अव वलियो वनाउन सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पाका नेताहरुले नेतृत्व गर्न नहुने उहाँको भनाई थियो ।
नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले आज दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै पूर्वमन्त्री समेत रहनुभएका नेता रिजालले कांग्रेसमा देखिएको स्थायी गुटले पार्टीलाई कमजोर बनाउने बताउनुभयो ।
उहाँले महाधिबेशनमा पार्टी भित्र विभिन्न गुट सृजना देखिएपनि त्यसले स्थायी आकार पाउनु राम्रो नभएको वताउनुभयो ।
गएको तीनै तहको निर्वाचनमा पार्टी खुम्चिनु लोकतन्त्रमा स्वाभाविक भएको भन्दै उहाँले यहि परिणाम सधै एकैनास नहुने भएकाले कांग्रेसका हरेक कार्यकर्ताहरुमा जिम्मेवारी वोध हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले कांग्रेसको घोषित महासमिति बैठक पार्टीहितका लागि भएको भन्नुहुदै त्यो कुनै हालतमा सर्न नहुने बताउनुभयो ।
फरक एक प्रसङ्गमा वर्तमान सरकारबाट जनताको अपेक्षा पूरा नहुने उहाँले आरोप लगाउनु भयो । कांग्रेस नेता रिजालले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको र यो नालायक भएको टिप्पणी समेत गर्नुभयो । नेकपाकै नेताहरुले सरकारले काम गर्न नसकेकीरहेको बताईरहेका बेला आफुले सरकारको बारेमा कुनै टिप्पणीनै गर्नु नपर्ने बताउनु भयो ।
यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा मोरगंका प्रदेश सांसद शिवनारायण सिंह, रतुवा माइ नगरपालिकाका प्रमुख रविन राईसहित पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here