मन्त्रिपरिषद बैठकका निर्णयहरु अब बिहीबारमात्रै सार्वजनिक गरिने

0
480

काठमाडौं, कात्तिक २९ ।

सरकारले मन्त्रिपरिषद बैठकबाट हुने निर्णयहरु प्रत्येक हप्ताको बिहीबारमात्रै सार्वजनिक गर्ने भएको छ ।

बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा विभिन्न मन्त्रालयका प्रवक्ताहरुलाईसमेत राखेर पत्रकार सम्मेलन गर्दै सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटले बैठकका निर्णयहरु ४८ घन्टापछिमात्रै परिपक्क हुने हुँदा हरेक बिहीबार सार्वजनिक गर्ने बताए ।

सूचना लुकाउने सरकारको मनसाय नभएको भन्दै उनले सूचनालाई व्यवस्थित गर्नमात्रै खोजिएको पनि बताए ।

पत्रकार सम्मेलनमा गत कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु जानकारी गराइएको थियो ।

सरकारले इजरायलका लागि नेपाली राजदूत रहेका निरञ्जन थापालाई फिर्ता बोलाएको र उक्त स्थानमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको जानकारी सन्चारमन्त्री बाँस्कोटाले दिए ।

यस्तै, तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको करिब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याइएको तथा सर्लाहीमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख रुपैयाँ राहत दिने र घाइतेको निःशुल्क उपचार गर्नेलगायत २२ ओटा निर्णय गत कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकमा भएको जानकारी पनि दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here