प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पदबाट बर्खास्त

0
657

कात्तिक १६/
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाउनु भएको छ ।
गत बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उहाँको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।
त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुग्नु भएको थियो । संविधानको धारा १६९ को उपधारा २ बमोजिम मन्त्री स्थापितलाई बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।
स्थापितलाई हटाएपछि उहाँको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उहाँको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here