झापाको गौरिगञ्जमा १८ बर्षिया युवति बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

0
1664

कात्तिक १६/
झापाको गौरीगंजमा बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । आफ्नै संरक्षणमा रहेकी १८ बर्षिया एक युवतिलाई प्रलोभनमा पारी यौन सम्पर्क गरेको आरोपमा गौरिगञ्ज गाउँपालिका वार्ड नं ६ खजुरगाछी निवासी चैतु ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो ।
पिडित युवतीका बुबाले प्रहरीमा किटानी जाहेरी दिए पछि प्रहरीले आज स्थानिय जुरोपानीबाट अन्दाजी ५० वर्षिय ताजपुरियालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयका गौरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । पिडित युवतीको ५ महिनाको गर्भसमेत रहेको जनाईएको छ ।
पिडित युवती ३ वर्षदेखि नातामा सानो बुवा पर्ने ताजपुरियाको संरक्षणमा रहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो । छोरीको ५ महिनाको गर्व रहेको थाहा भएपछि बुवा खगेन्द्र राजवंशीले प्रहरीलाई उजुरी दिएका थिए । युवतिलाई बिभिन्न प्रलोभनमा पारेर डर धम्की देखाई ताजपुरीयाले पटक पटक यौन संपर्क गरेको जाहेरीमा उल्लेख गरिएको छ । पक्राउ परेका ताजपुरीयामाथि अनुसन्धान भैरहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here