बिश्वकप फुटबलःमेस्सीले पेनाल्टी मिस गर्दा बराबरीमा रोकियो अर्जेन्टिना

0
963

२ असार, काठमाण्डौ । कप्तान लियोनोल मेस्सीले पेनाल्टी मिस गर्दा विश्वकप फुटबलमा अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा रोकिएको छ । रुस जारी २१ औं संस्करणको बिश्वकप अन्तरगत शनिबार राति भएको दोस्रो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएको हो । मेसीले ६३ औं मिनेटमा पाएको पेनाल्टी चुकाएपछि पहिलो खेलमै अर्जेन्टिना जितबिहिन बनेको हो । अर्जेन्टिनाका लागि सर्जियो अग्यूरोले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि ४ मिनेटमै गोल खान पुग्यो । आइसल्याण्डका लागि यो पहिलो विश्वकप गोल गर्ने ऐतिहासिक खेलाडी बने २९ वर्षीय अल्फ्रेड फिनबोगासन । छनौट चरण नै मुस्किलले पार लगाएको अर्जेन्टिनालाई विश्वकप जित्ने अनुमान गरिए पनि त्यो अनुसारको प्रदर्शन नहुँदा समूह चरणका क्रोयसिया र नाइजेरियाको खेलमा पनि दबाब हुने देखिएको छ ।

पहिलो खेलमा फ्रान्स बिजयी

प्रतियोगिता अन्तरगत शनिबारको पहिलो खेलमा भने फ्रान्स बिजयी भएको छ । बिश्वकपको दाबेदार भनेर प्रचार गरिएको फ्रान्सले पनि अष्ट्रेलीयासँग २ – १ को संघर्षपूर्ण जित निकालेको छ ।

फ्रान्सको जितमा ग्रिजम्यानले पेनाल्टी गोल गरे भने पोग्बाले दोस्रो गोल गरे। पेनाल्टीबाट पहिलो गोल गरेको फ्रान्सले ८१ औँ मिनेटमा दोस्रो गोल गरेको हो। दोस्रो गोल फ्रान्सका लागि पल पोग्बाले गरे।  त्यसअघि खेलको ५८ औं मिनेटमा भिडियो असिस्टेन रेफ्रीले पेनाल्टी दिएपछि फ्रान्सले १-० ले अग्रता लिएको थियो।  यद्यपी दुई मिनेट बित्न नपाउँदै अष्ट्रेलियाले पेनाल्टी पाएपछि खेल बराबरीमा भएको थियो। अस्ट्रेलियाका लागि कप्तान जेडिनाकले पेनाल्टीमार्फत गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here