डा. भम्पा राईलाई शरणार्थीहरुको आर्थिक सहयोग (भिडियो स्टोरी सहित )

0
2151

डाक्टर राईको स्वास्थ्यमा केही सुधार

२ असार २०७५/डिकेश लामा
दमक/२ साता अघि देखि विरामी परेका डा भम्पा राईलाई आज भूटानी शरणार्थीहरुले संकलन गरेको १ लाख ४४ हजार ६ सय १२ रुपयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ ।
भारतको सिलगुडी स्थित आनन्दलोक अस्पतालबाट आन्द्राको सल्याक्रिया गरेर ३ दिन अघि दमक आउनु भएका डाक्टर राईलाई शिविर व्यवस्थापन समिति पथरी शनिश्चरे र बेलडाँगीले सँयुक्तरुपमा सहयोग प्रदान गरेका छन् । शरणार्थी शिविर वेलडाँगी र पथरीका भूटानी शरणार्थीहरुलाई डाक्टर राईको स्वास्थ्य विग्रिएको जानकारी गरी सहयोग संकलन गरी सो रकम बुझाइएको वेलडाँगीका शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । सहयोग पथरी शनिश्चरे शिविरका सचीव चम्पासिंह राई, पूर्व टिमाई सचीव राजमान गुरुङ्ग, सहायक सचीव चन्द्रकला राई, शरणार्थी अगुवा कविराज मगर, सन्तविर राई, संचारकर्मी डिकेश लामा, अर्जुन राजबंशीको उपस्थितिमा प्रदान गरिएको हो ।
सहयोग लिँदै डाक्टर राईले आफूलाई समस्या भएको अवस्थामा गरेको सहयोग प्रति धन्यवाद प्रकट गर्नु भयो । आफूले सहयोग गर्नु ठाऊँमा समूदायको सहयोग लिनु पर्दा आफूलाई अलिक नराम्रो लागेको समेत राईले बताउनु भयो । राई र उहाँकी श्रीमति उर्मिलाको उपचारका लागि यूएनएचसीआरलाई सहयोग गर्न शिविर व्यवस्थापनले आग्रह गर्ने बताइरहँदा डाक्टर राईले भने मलाई र मेरो परिवारलाई मात्र होइन सम्पूर्ण भूटानी शरणार्थीहरुलाई त्यो सुविधा र सहयोग गर्नु पर्ने बताउनु भयो ।
सहयोग प्रदान गर्नेक्रममा शिविर सचीव टिकाराम रसाइलीले भूटानी जनताका सामाजिक सेवाका नेतृत्वको अवस्था नाजुक देख्दा आफूहरु दुःखी भएको बताउनु भयो । यता पथरी शिविर सचीव राईले लामो समय स्वास्थ्य क्षेत्रमा गरेको सेवालाई भूटानी तथा दमक क्षेत्रका नागरिकहरुले नविर्सिने भएका कारण सहयोग दिएको बताउनु भयो ।
राईको यस अघि एक पटक आन्द्राको सल्यक्रिया गरिएको छ भने यो पटक दुईवटा सल्यक्रिया गरेको बताउनु भयो । २५ बर्ष देखि राई दमक वडा ८ मा खगेन्द्र गुरागाईको घरमा भाडामा बस्दै आउनु भएको छ । हाल डा. राईकी ५६ बर्षीय श्रीमति उर्मिलाको १ बर्ष अघि देखि मृगौला फेल भएर डायलसिस गर्दै आउनु भएको छ । डा. राई विरामी भए पछि उहाँको उपचारमा समेत समस्या भएको थियो ।

 

See live video story by GlobalPost TV

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here