प्रधान मन्त्री ओलीको रोजाइको रिङ्ग रोड बनिएको १ बर्ष नभई भत्कियो (भिडियो रिर्पोट सहित)

0
1239

पुर्ननिर्माणका लागि ठेकेदारलाई डिभिजनको पत्र

 
जेष्ठ ३०, २०७५/डिकेश लामा
दमक/झापाको दमकमा निर्माण हुँदै आएको रिङ्ग रोड अन्तर्गतका केही भाग कालोपत्रे सडक निर्माण भएको एक बर्ष नपुगी नै भत्कन थालेको छ । वर्तमान प्रधानमन्त्री केपी ओलीले निर्वाचन क्षेत्र सडक अन्तर्गत सांसद कोषबाट विनियोजित ५ करोड बजेटको काम फलदायी बन्न नसकेको स्थानीय सडक उपभोक्ताहरुले बताएका छन् । कालोपत्रे लगाएको सडक भत्किए पछि अहिले कति पय स्थानमा हिल्याम्मे भएकोले यातायात संचालनमा समेत समस्या आएको बताइएको छ ।
दमक क्षेत्र वरिपरी निर्माण गरिने ३६ किलो सडक मध्ये गत अशोजमा निर्माण सम्पन्न भएको साढे ४ किलो मिटर कालो पत्रे बाटो भत्कन थालेको हो । कालो पत्रे गरेको ६ महिना नवित्दै देखि भत्कन थालेको सडकको धेरै भाग भत्किसकेको स्थानीय किशोर कार्कीले बताउनु भयो । निर्माणमा लार्पाबाही र गुणस्तरीय ढंगले काम नगरेकोले सडकको अवस्था यस्तो भएको अर्का स्थानीय उपभोक्ता सूर्यकुमार सुब्बाले बताउनु भयो ।
याक्थुङ्ग निर्माण सेवाले ठेक्का लिएर निर्माण गरेको दमक वडा नं ७ देखि उत्तर बेलडाँगी सडकखण्डसम्मको कालो पत्रेको अवस्था विग्रिएकोले पुनर्मर्मतका लागि निर्माण सेवालाई पत्रचार गरिसकेको डिभिजन सडक कार्यालय दमकका इन्जिनियर माधव पौडेलले बताउनु भयो । भत्किन थालेको यो सडकको ठेक्का २ करोड ९६ लाख ६० हजार रुपयाँ मुल्य अभिवृद्धि कर बाहेक ठेक्कामा लागेको डिभिजन सडक कार्यालय दमकले जानकारी दिएको छ ।
पछिल्लो समय दमकमा बन्दै गरेको रिङ्गरोडमा ३ वटा कालोपत्रे योजना संचालनमा रहेका छन् । यस बाहेक मृत संजविनी निर्माण सेवा, बाम्ती भण्डार निर्माण सेवाले ६ हजार ७ सय मिटर कालो पत्रे र त्यस बाहेका सडकमा माटो पुराई तथा ग्राभेलको छुटाछुटै ठेक्का र सम्झौतामा काम गरिरहेका छन् । यी दुई निर्माण कम्पनिको यही जेष्ठ र भदौ मसान्तसम्म ठेक्का सम्झौताको म्याद सकिदैछ । म्याद अवधिभर दुवै कम्पनिलाई काम सक्न निक्कै गाह्रो पर्ने स्थानीय उपभोक्ताहरुले बताएका छन् ।
२० बर्ष अघि देखि शुरु गरिएको दमक रिङ्ग रोड जोडिन अझै करिव २ किलो मिटर बाटो कताबाट जोड्ने भन्ने निश्चित हुन नसकेको निर्माण रिङ्गरोड निर्माण समितिका अध्यक्ष बोधराज न्यौपानेले बताउनु भयो । रिङ्गरोड सम्मन्न गर्दा करिव १ अर्व भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । रिङ्गरोडको पहिलो चरणको कालपत्रे योजना नै यस्तो कम्जोर बने पछि अन्य बाँकी बन्ने सडकको अवस्था कस्तो होला स्थानीय नागरिकहरुले चासोका साथ हेरेका छन् ।

यस अघि सांसदले निर्वाचन क्षेत्रमा आफ्नो रोजाईमा संसद कोषबाट सडक निर्माण गर्न पाउने प्रावधान अन्तर्गत बर्तमान प्रधानमन्त्री केपी ओलीले गृह नगर दमकमाको रिङ्गरोडमा ५ करोड रकम विनियोजन गर्नु भएको डिभिजन सडक कार्यालय दमकले जानकारी दिएको छ ।

See video report by GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here