उपेन्द्र यादब सरकारमा जान तयार,ओली र प्रचण्डलाई भेटेपछि संशोधन प्रस्ताव फिर्ता

0
575

काठमाडौं | आइतबार संसदमा संघीय समाजवादी फोरमका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा राखेको संशोधन फिर्ता लिए । प्रमुख विपक्षी कांग्रेससँगै राजपाले प्रधानमन्त्रीको जवाफमा चित्त बुझाएको थिएन तर, फोरमले सहजै फिर्ता लियो ।
संसदहरुले प्रधानमन्त्रीको जवाफ चित्त बुझेर भने फिर्ता लिएका होईनन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतासँगको छलफलपछि फोरमले नीति तथा कार्यक्रममाथि हालेको संशोधन फिर्ता लिएको खुलासा भएको छ ।
बलुवाटार स्रोतका अनुसार उपेन्द्र यादव नेतृत्वको फोरम यसै साता सरकारमा सहभागी हुने छ ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम तय थियो । त्यस अघि आइतबार विहानै फोरम अध्यक्ष यादव बालुवाटार पुगेका थिए । नेकपाका अध्यक्ष प्रचण्डसमेतको उपस्थितिमा भएको छलफलपछि यादव सरकारका सहभागी हुन सहमत भएका बुझिएको छ ।
यादवसँग प्रधानमन्त्रीको कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पुष्टि गरे ।
रिमालले फोरमको सरकारमा सहभागिताबारे जानकारी नभएको बताए ।
यस भन्दा अघि राजपाका शीर्ष नेतासँग पनि छलफल गरेको भन्दै उनले यादवसँगको भेट त्यसकै निरन्तरता भएको बताए ।
पार्टी अध्यक्षसँग छलफलपछि संसदमा जवाफ दिने क्रममा ओलीले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुने भन्दै सकारात्मक धारणा राखेको फोरमको ठहर छ ।
प्रधानमन्त्रीले संविधान संंशोधन शक्तिका आधारमा हुने भनेर अर्थपूर्ण अभिव्यक्ति दिएको फोरमका एक नेताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here