८ जेष्ठ, काठमाण्डौ । आइपीएल क्रिकेटमार्फत संसारभर कहलिएका नेपाली क्रिकेटर सन्दिप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । दिल्ली डेयर डेभिल्समा आवद्ध भएर एक महिनाअघि भारत पुगेका सन्दीपले अन्तिम ३ खेलमा पाएको मौकालाई उत्कृष्ट प्रदर्शन गरेर संसारभर ख्याति कमाएका थिए । प्रतियोगिताबाट बाहिरिसकेपछि अन्तिम ३ खेलमा मौका पाएका सन्दिपले १२ ओभर बलिङ गर्दै ८२ रन खर्चेर ५ विकेट लिएका थिए । अन्तिम खेलमा मुम्बइबिरुद्ध उनले उपयुक्त समयमा लिएका तीन विकेटको मुम्बई पराजित हुँदै प्लेअप खेल्न समेत बञ्चित भएको थियो । नेपाल फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आईपीएलमा आफूले लिएको अनुभवलाई नेपाली क्रिकेटमा उपयोग गर्ने बताएका छन् । उनलाई स्वागत गर्न नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान पारस खड्कासहित सयौ खेलप्रेमी बिमानस्थलमा पुगेका थिए ।
ताजा पोष्ट
ग्रिन कार्डबाहक भूटानी आईसीईको हिरासतमा: हेरिसबर्गमा पत्रकार सम्मेलन, संसदीय छानबिनको माग
@अर्जुन प्रधान
हेरिसबर्ग, पेन्सिल्भेनिया अप्रिल १६, २०२६
पेन्सिल्भेनियाको राजधानी हेरिसबर्गमा बिहीबार एक विशेष पत्रकार सम्मेलनको आयोजना...
डेन्भरमा अनेसासको साहित्यिक उत्सव: गदालका कृतिको विमोचन र दिनेश अधिकारी सम्मानित
@ग्लोवलपोस्ट/अर्जुन प्रधान
डेन्भर, कोलोराडो | अप्रिल १२, २०२६
नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा समर्पित अन्तर्राष्ट्रिय...
सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव
काठमाडौं । पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था...












