वेसहरा शरणार्थी बृद्धको मृत्यु

0
1510

शरणार्थी र स्थानीय बासिन्दाको सहयोगमा दाहसंस्कार गरिदैं
३ जेष्ठ २०७५/ डिकेश लामा
दमक/ छोराछोरी भएर पनि सहरा विहीन हुनु परेका एक शरणार्थी बृद्धाको आज विहान मृत्यु भएको छ । तेस्रो मुलुक पुनर्वास प्रकृयाबाट छोराछोरीले छाडेर गए पछि बुढाबूढी मात्र बस्दै आएका भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर आई/४ हट नम्बर ४८ का ८४ बर्षीय श्रीनारायण प्रधानको मृत्यु भएको हो । मृतकको आफन्त कोही नभएकोले शरणार्थीको प्रतिनिधित्व गर्दै पूर्व सचीव युवराज राईले नगद ५ हजार दाहसंस्कारका लागि सहयोग गरिएको छ । भर्खरै मात्र एक्लिएका शरणार्थीहरुको सहयोगका लागि १ डलर सहयोग संकलन मार्फत संकलित रकमबाट मृतकको परिवारलाई सहयोग गरिएको राईले बताउनु भयो । 

यस्तै भूटानी शरणार्थी अपाङग संघका देवी माया गुरुङ्गले पनि नगद १ हजार प्रदान गर्नु भएको छ । मृतक प्रधानलाई लामो समय देखि उहाँको श्रीमति ८२ बर्षीय सुमति प्रधानले शिविरका अगुवाहरुको सहयोगमा स्याहार सुसार गर्दै आउनु भएको थियो ।
क्रिश्चियन धर्म मान्ने मृतकको शरणार्थी शिविरमा आफन्त कोही नभए पछि स्थानीय नेपाली र शरणार्थी समूदायका क्रिश्चियन सोसाइटीले दाह संस्कार गरिदिएको छ । पछिल्लो समय तेस्रो मुलुक पुनर्वास प्रकृयाबाट एक्लिएका बृद्धबृद्धाहरुको मर्ने संख्या दिनानु दिन बढ्दै गएको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाईलीले जानकारी दिनु भयो । हाल शरणार्थी शिविरमा आफन्त नभएर जोखिममा रहेका शरणर्थीहरुको संख्या २ सय हाराहारीमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here