शून्यको विरुद्ध ६ गोल गर्दै आर्मी सेमी फाईनलमा प्रवेश

0
873

आयोजक दमकको लज्जास्पद हार

बैशाख २२ गते

दमक/झापाको दमकमा जारी दमक गोल्डकपको आज भएकोे खेलमा आयोजक दमक ११ लाई शून्यको विरुद्ध ६ गोल गर्दैै सेमीफाइनलमा प्रवेश गरेको छ । यस अघि रुपन्देही करेन्ट ११ लाई ट्राईव्रेकरमा हराउँदै क्वाटर फाईनलमा प्रवेश गरेको आयोजकले आजको खेलमा भने लज्जास्पद हार व्यहोर्नु पर्यो ।

खेलको ६ मिनेटमा आर्मीको तर्फबाट जर्सी नम्बर १८ का नवयुग श्रेष्ठले ६ मिनेटमा पहिलो गोल गरेर खाता खोले । आर्मीले दवावमा राखेको खेलमा पुन २० मिनेट वित्न नपाउँदै जर्सी नम्बर २१ का खेलका क्याप्टेन भरत खवासले गोल गर्नु भयो । त्यसै गरी पुन खेल शुरु भएको २२ मिनेटमा नवयुगले नै अर्को गोल थपे ।
खेलको मध्यान्तर अघि ३ गोलको अग्रतामा रहेको आर्मीले हाफ पछि पनि पुन २ गोल गरे भने अर्को १ गोल आयोजक दमक ११ का जर्सी नम्बर १९ का रमेश राजबंशीले आत्माघाती गोल लाग्न पुग्यो । खेलको मध्यान्तर पछि खेलको ५३ औं मिनेटमा जर्सी नम्बर २९ का विमल पाण्डेले १ गोल गर्नु भयो भने खेल सकिन लाग्दा ८६ औं मिनेटमा पुन नवयुगले १ गोल थपेर ह्याट्रिक गर्ने मौका प्राप्त गरे । खेलमा नेपालका चर्चित खेलाडी नवयुग श्रेष्ठलाई म्यान अफ द म्याच घोषित गरी आयोजकको तर्फबाट नगद रु ११ हजार प्रदान गरिएको छ । बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागीता रहने प्रचारप्रसार संयोजक चन्द्र खत्रीले बताउनु भयो । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैया प्राप्त गर्ने छ । भोलि हुने खेल थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच बताइएको छ ।

see a live video story by dikesh lama:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here