अशक्त भूटानी शरणार्थीका लागि आज देखि छाप्रा निर्माण शुरु

0
1634

बेलडाँगी १ को सेक्टर सी लाई सुरुमा सारिने 


चैत्र ५, २०७४/डिकेश लामा
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा असक्त शरणार्थीहरुका लागि सुधारिएको छाप्रा आज देखि निर्माण कार्य शुरु गरिएको छ ।
यस अघि असक्तलाई निर्माण गरे जस्तै ८ ओटा सिमेन्टको पोल, टिनको छाना, ढेड फिट इटाको उठाएर बाँसको बेराले छाप्रा निर्माण हुने निर्माण कार्यमा लगानी गर्दै आएको संस्था यूएनएचसीआरले जानकारी दिएको छ ।
आज भूटानी शरणार्थी शिविर वेलडाँगी ३ को उत्तरी क्षेत्रमा शुरु गरिएको हो । निर्माण गरिएको क्षेत्रमा बेलडाँगी १ सेक्टर सीका भूटानी शरणार्थीहरुलाई पहिलो चरणमा सारिने बताइएको छ । पहिलो पटक एक साता भित्र ५ वटा छाप्रा निर्माण गरिने बताइएको छ । आज बेलडाँगी ३ को सेक्टर ए क्षेत्रमा छापा निर्माण भिटा मापन र खन्ने कार्य शुरु भएको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइलीले बतउनु भयो ।

Old sample hut, such type of hut will be made in Bhutanese Camp

यता यस विषयमा हंसे दुम्से सामुदायिक बनले भने बन क्षेत्र भित्र सिमेन्ट प्रयोग गरेर कुनै पनि प्रकारका छाप्रा निर्माण गर्न नमिल्ने बताउँदै आएको छ । तर यस अघि अहिले निर्माण हुने भनेको प्रकृतिका घरहरु बनि सकेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here