चुरे क्षेत्रमा गाऊँलेले रोके  लार्पावाही उत्खनन् कार्य

जनप्रतिनिधिले चासो नदेखाएको गुनासो

0
1446

जनप्रतिनिधिले चासो नदेखाएको गुनासो


चैत्र ४ गते, २०७४ 
दमक / इलामको चुलाचुली वडा नं. ५ का गाऊँलेहरुले चुरे क्षेत्रमा गहिरो उत्खनन् भएको भन्दै आज रतुवा खोलाको इलाम क्षेत्रमा भईरहेको उत्खनन्लाई रोक लगाएका छन् ।
चुरे क्षेत्रमा खन्न नपाइने राष्ट्रिय नीति हुँदा हुँदै पनि अति गहिरो भाग उत्खनन् भए पछि चुरे क्षेत्रलाई पर्ने असरलाई रोक्न गाउँले भेला भएर काम गरिरहेको स्काभेटरलाई रोक लगाएको स्थानीय सामाजिक अगुवा सुवास चन्द्र तामाङले बताउनु भयो । अर्का गाऊँले मोहन तामाङका अनुसार ५ देखि ७ मिटर गहिरो भाग खने पछि गाऊँले मिलेर रोकेको बताउनु भयो ।
करिव १ महिना अघि चुरे क्षेत्रमा उत्खनन् नगर्नु भनी गाऊँका अगुवाले जानकारी दिँदा पनि जर्वरजस्ती अटेर गरी उत्खनन् कार्य नरोकेकोले आज गाऊँले मिलेर स्काभेटरलाई फर्काएको हो । यस विषयमा चुलाचुली गाऊँपालिकाका अध्यक्ष चन्द्रप्रकाश राईले भने प्रारम्भिक वातावरण परिक्षण नगरेको क्षेत्रमा उत्खनन् नगर्न भन्दा भन्दै झापा क्षेत्रमा ठेक्कदारले स्काभेटर लगाएको फोनमा जानकारी दिनु भयो । 


स्थानीय वडा अध्यक्ष चन्द्र थापालाई पटक पटक रोक्न भन्दै जानकारी गराउँदा पनि उत्खनन् नरोकेको कार्य प्रति उत्खनन् रोक्न खोलामा आउनु भएका अर्का सहभागी जीबी लामाले गुनासो पोख्नु भयो । लामाका अनुसार पटक पटक भन्दा पनि जनप्रतिनिधिले नसुने जस्तो गरे पछि गाउँले आफै लागिपरेको समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here