विश्व अपाङ्गता दिवशमा फरक क्षमता भएका व्यक्तिहरुको विविध प्रस्तुती

समान अधिकारका लागि सवैले सहयोग गर्नु पर्नेमा जोड 

0
2861

 समान अधिकारका लागि सवैले सहयोग गर्नु पर्नेमा जोड 
डिकेश लामा/ १७ मंसिर २०७४

दमक/ २६ औं विश्व अन्तराष्ट्रिय दिवशको अवसरमा आज भूटानी शरणार्थी शिविरमा विविध कार्याक्रम सम्पन्न भएको छ ।
सवैको लागि धान्न र मर्यादित समाज प्रतिको परिवर्तन भन्ने अन्तराष्ट्रिय मुल नाराका साथ भूटानी शरणार्थी अपाङ्ग संघको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा मोरङ्गको शनिश्चरे पथरी शिविरका सचीव तथा कार्यक्रमका प्रम्ख अतिथि चम्पासिंह राईले भूटानी शरणार्थी अपाङ्गता भएका मानिसहरुलाई नेपाल सरकारले पनि समानरुपमा रेखदेख गर्न माग गर्नु भएको छ । संघकी अध्यक्ष देवीमाया गुरुङ्गको सभापतित्वमा भएको कार्याक्रममा दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्र भट्टराई, अपाङ्ग बाल अस्तपाल वनेपाका सामुदायिक सहजकर्ता श्याम पोखरेल, आम्दा अपाङ्गता कार्याक्रमका संयोजक रवि शर्मा, पूर्व सचीव चिरञ्जीवि राईलगायतले फरक क्षमता भएका मानिसहरुलाई समाजमा विशेष प्राथमिकताका आधारमा सम्मान र सहभागिता गराउनु पर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा फरक क्षमता भएका भूटानी शरणार्थीहरुले सामाजिक सचेतनामा आधारित नाटक, गीत तथा नृत्य समेत प्रस्तुत गर्नु भएको छ । आम्दा नेपाल अपाङ्ग कार्याक्रम शाखाको संयोजनमा भएको कार्याक्रममा फरक क्षमता भएका भूटानी श

रणार्थी महिलाहरुले उत्पादन गरेका पहिरनका सामाग्रीहरुको प्रदर्शन र विक्री वितरण गरिएको छ ।

फरक क्षमता भएका भूटानी शरणार्थी शिविरका ४ सय ५३ जनालाई समाजमा समान अधिकार र अवसरका लागि 

विशेष महत्वका कार्यक्रमहरु संचालन गर्दै आएको उनीह
रुको रेखदेखमा सहयोग गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय मार्फत आम्दा नेपालका अपाङ्गता शाखाका प्रमुख रवि शर्माले बताउनु भयो ।

See live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here