रहेनन् डाक्टर गुरुङ

0
1393

चिकित्सक क्षेत्र मार्फत जनसमुदायलाई सेवा गर्दै आउनुभएको अमेरिकन भुटानी समुदायका एक बौद्धिक तथा समाजसेवी डा. सहबहादुर गुरुङ भौतिक शरिर त्यग गरि परलोक हुनु भएको छ | केन्सरको चौथो चरणबाट पिडित डा. गुरुङ केहि समयदेखि थला पर्नु भएको थियो |

लिफोर्नियास्थित उनका छिमेकि रहदै आउनुभएको युवा समाजसेवी श्री राज सुब्बाले डाक्टर गुरुङको पार्थिव शरीर अवलोकन तथा शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गरि फर्किने क्रममा अनौपचारिक फोन वार्तामा भन्नुभयो- “आज बिहानको ५:४५ बजे यहाँको स्वर्गवास भएको हो | उनको निधनले हामी अमेरिकन भुटानी समुदायलाई अपुरणिय क्षती पुगेको छ |”

मोरङको शनिश्चरेस्थित शरणाार्थी शिबिरबाट अमेरिका पुनर्वास हुनुभएका डाक्टर गुरुङ अमेरिकाको ओकल्याण्ड, लिफोर्नियामा बस्दै आउनुभएको थियो | गरिबीको बाबजुद पनि उनले बंगलादेशबाट चिकित्सक क्षेत्रमा डाक्टरी हासिल गर्नु भयो | उनका जानकार भन्छन्, उनले जीवनमा पुण्य मात्रै कमाउनु भयो | अनन्त शान्तिमय स्वर्गमा उनको बास हुने छ |  उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै, हामी भन्छौं यो शोकको घडीमा शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ती इश्वरले प्रदान गरुन र उनको आत्माले चिर शान्ति प्राप्त गरोस् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here