टेक्षस् (Texas)का युवाहरू सृजना फुलाउदै…

0
1083
monish
Monish Chamling: Music and direction

देश र समाज निर्माणमा युवाहरूको भूमिका जति आवश्यक पर्छ त्यति नै त्यसलाई सभ्य राख्न कला-सृजनाको महत्व हुन्छ | त्यसैले जति धेरै युवाहरू सृजनात्मक बन्छन् त्यतिनै समुन्नत बन्छ गाउँ, समाज र देश | यस सन्दर्भमा, अमेरिकाको टेक्षस् राज्यमा बसोबास गर्दै आएका भूटानी समूदायका अमेरिकन युवाहरू एकीकृत भै सृजना फुलाउन लागि परेका छन् | कला -साहित्य, संगीत र संस्कार/संस्कृति जस्ता विषयमा यहाँका युवाहरू जागरुक र चिन्तनशील देखिन्छन् | बिगत वर्षहरू देखी टेक्षस् नेपाली भाषी अमेरिकनहरूको लागि बसोबासको निम्ति निक्कै रमाइलो थलो बन्न थालेको छ |

rohit
Rohit Subedi: Lyricist

यो पालिको दसैं/तिहारको उपलक्ष्यमा यहाँका युवाहरूले अत्यन्तै सुन्दर, अर्थपूर्ण, र सन्देशमुलक सांगीतिक कोसेली हामी माझ ल्याएका छन् | चाडपर्वको समबेदना जोडिएको यो सांगीतिक विडियो सारै मन छुने खालको छ | मनिष चाम्लिङको निर्देशन/संगीत रहेको उक्त सांगीतिक विडियोमा मिठो स्वरका धनी गायक टेक दुतराज, मनरथ तिवारी साथै गुन्जन उपध्य र मनिष स्वयंको स्वर रहेको छ | रबि रिमाल र रोहित गजमेरको केमेरा कौशिलता पनि राम्रो देखा पाइन्छ | त्यसै गरि कलाकार हर्स वरदान र बिष्णु गौतमले पनि गीतले मागेको अभिनयलाई राम्ररी नै निभाएका छन् |

यो सांगीतिक विडियोको गीत भने रोहित सुबेदीले लेखेका हुन् भने देवेन्द्र नेवाले अरेन्ज(Arrange) गरेका हुन् | यस सांगीतिक विडियोमा  हरि अधिकारी, सगर शर्मा, रोहित सुबेदी, देवेन्द्र नेवा, दमन्त सुबेदी आदि कलाकारलाई पनि देख्न सकिन्छ |

यसैगरी यहाँका युवाहरूको यो जोस, जागर, मेलमिलाप र सृजनात्मक कार्य फुलीरहोस् | अँ ! मैले चाही एक प्रति सुरक्षित गरिसके, तपाईले नि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here