बफेल्लो नियूयोर्क USA मा तिहार विशेष साँस्कृतिक साँझ सम्पन्न ।

0
1099

होम हुमगाँई; बफेल्लो न्यू योर्क ।
भूट्नीज-नेपाली कम्यूनिटी अफ बफेल्लोको आयोजना र रिदम म्यूजीकल समुह बफेल्लोको सहयोगमा बफेल्लोमा बृहत साँस्कृतिक साँझ भब्य र सभ्य रूपमा सम्पन्न भएको छ । समाजका अध्याक्षा एवं रिदम म्यूजिकल समुहका अध्यक्षा श्री लामिन तामंग ज्यूले कलाकारहरूको परिचय दिदै र सँस्था स्थापनाको औचित्य बारे स्पस्ट पार्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
३७० लाफियट एभिन्यू बफेल्लो न्यू योर्क १४२१३ मा भब्य र सभ्य रूपमा सम्पन्न भएको कार्यक्रममा भजन सिरोमणी भक्तराज अचार्याका सुपुत्र द्वाया स्वारूप राज र सत्यराज आचार्यको बिशेस प्रस्तुति रहेको थियो ।
स्थानीयकलकारहरू र नजिका शहरहरूबाट पनि कलारारहरूको उल्लेख्य रूपमा सहभागीता रहेको कार्यक्रमका सक्रिय सदस्य गणेश रेग्मिले बताऊनु भयो । ऊहाँले भन्नु भयो, “यो कार्यक्रम बफेल्लोमा उपस्थित तमाम समुदायलाई मनेरन्जन प्रदान गर्ने तथा सम्पूर्णलाई एकताको शुत्रमा बाँध्ने एेतिहासिक कार्यक्रम हो ।”
कार्यक्रममा भूटानी समाजका नव ऊदयामान गायक रत्न सुब्बा र प्रवीन दिवालीले पनि आफ्नो कलाहरू प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि स्टप सुसाइड ( आत्महत्या रोकौ) समूहबाट किरण पेले र ऊहाँका सहयोगीहरूले आत्महत्या रोकौ भन्ने रोचकिलो र शन्देशमुलक लघु नाटक प्रस्तुति गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय कलकारहरूको बेजोड प्रस्तुतीमा नाच एवं गान प्रस्तुत भएको थियो भने रिदम म्यूजीकल ग्रुपका कलकारहरूले हलमा भएका दर्शकहरूलाई कम्मर मर्काई मर्काई नचाएका थिए । कार्यक्रममा स्थानीय सँघ साँस्थाका प्रतिनिधिको पनि उल्लेख्य उपस्थित रहेको थियो ।
Bhutanese-Nepali Community of Buffalo (BNCB) का उपाध्यक्षा श्री श्रि सिवाकोटि र सोम धितालका अनुसार कार्यक्रम बफेल्लोमा बस्नुहुने नेपालीभाषी भुटानीहरूलाई र नेपालीहरूलाई लक्षित गरी आयोजना गरीएको साँस्कृतिक कार्यक्रम हो र यो कार्यक्रमले साँस्कृतिक संरक्षणको विस्वासनीयता दिलाऊन सफल भएको छ । कार्यक्रम स्थल दर्शकहरूको उपस्थितले खचाखच भरीएको थियो ।कार्यक्रम माया लगुन र अनिता शर्माले सन्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here