महानचाँड तिहारको अवसरमा सांगितिक धमाका हुने

0
1190

नेपालीनेपालीहरुको pa कोलम्वस ओहायोमा पाथिभरा सांगितिक धमाका हुने भएको छ । यसकार्यक्रमलाइ पाथीभरा ज्वेलर्शले प्रायजन गरेको छ । ख्याति प्राप्त हाँस्यकलाकार मनोज गजुरेल , अमेरिकामा बसोबास गरिरहेका बरिष्ठ आधुनिक तथा गजल गायक जगदिश समाल ,कार्यक्रम प्रस्तोता र चर्चित दोहोरी गायक राजेश थापा ,चर्चित लोक दोहोरी गायिका संगिता थापा मगरको उपस्थिति रहने छ । राजेश थापा र संगिता थापाको लोक घमसाघम्सी समेत रहने छ ।
लोकप्रिय हाँस्यकलाकार मनोज गजुरेलले बिभिन्न ब्यतित्वहरु भरतीय प्रधानमन्त्री नरेन्द्र मोती,लाल बाबु लगाय चर्चित व्यतित्वहरुको वर्तमान परिबेशलाइ ब्यागँयात्म झटारो हान्दै भरपुर मनोरजन दिनुहुनेछ । जगदिश समालले आफ्रना बहुचर्चित गित गजल साथसाथै अन्य चर्चि गितहरु गाएर कोलम्वस बासीलाइ नचाँउनु हुनेछ ।
अमेरिकामा धेरै ओटा कार्यक्रम प्रस्तोताका रुपमा आफ्नो खुबी देखाइसकेका राजेश थापाको साथमा ख्याति प्राप्त गायिका संगिता थापाको पनि बिशेष घम्साघम्सी दोहोरी रहने छ ।
कार्यक्रम संयोजक पदम पुरीसगँ यसकार्यकमका बारेमा हामीले केहि कुरा गरेका छौ ।
नेपालीहरुको महान चाड तिहारको अवसरमा कोलम्वस बासी नेपाली भाषी दाजुभाइ दिदिबहिनीहरुलाइ गितसंगित हास्यँ ब्यागलाइ सम्रिण गरेर पस्तुत गर्न लागिएको कार्यक्रममा लोकल कलाकारको पनि प्रस्तुती रहने छ । यस कार्यक्रममा टिकट दर १५ डलर रहेको छ र यसै रकमबाट भाग्यसाली चिठ्ठा खोलिने छ । टिकट लिइसके पनि भाग्यसाली चिठ्ठाका लागी कुनै पनि रकम तिर्नु पर्ने छैन ।
प्रथम पुरस्कार एकतोलाको सुनको सिक्री
दोस्रो पुरस्कार बारानाको सुनको सिक्री
तेस्रो पुस्कार आदि तोलाको सुनको औठी
र शान्तवना पुरस्कार पनि रहने छ ।
हामी सोधेको थप प्रश्नमा उहाँले कार्यक्रम सकिए पछि डिजे पाटी पनि कलाकारको साथमा रहने बताउनु भयो । मनपरेको फुड सुफत मुल्यमा खान सक्ने समेत बताउनु भयो ।
कार्यक्रमको थपजानकारीको लागी माथी फल्याएरमा उलेखित भएका व्यतिहरुलाइ सम्पर्क गर्न सक्नुहुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here