वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराध सम्बन्धी कसूर गरेको आरोप लगाइएको छ।
प्रहरी स्रोतका अनुसार पत्रकार पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रकाशित एक सामग्रीमा गरेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नक्सालस्थित हिल्टन होटलले लिखित विज्ञप्ति जारी गरेको थियो। होटलले उक्त सामग्रीप्रति कानुनी कारबाहीको चेतावनीसमेत दिएको थियो।
पाठकले सो भिडियोमा हिल्टन होटलसँग नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा संलग्न रहेको दाबी गर्दै जयवीरको सम्पत्ति र त्यसको वैधतामाथि प्रश्न उठाएका थिए। यही विषयले विवाद निम्त्याएको र सोही आधारमा उजुरी परेको अनुमान गरिएपनि, हालसम्म उजुरीकर्ता को हुन् भन्ने खुलेको छैन।
हाल प्रहरीले पक्राउ पुर्जी कार्यान्वयन गर्ने तयारी गरिरहेको छ भने पत्रकार पाठक पक्षबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन।
यो समचारको संप्रेशण गरेका कारण पकाउ गरिएको रहेछ
समाचार लेखेकै आधार मा पत्रकार दिलभुसण पाठक लाई पक्राउ पुर्जी जारी गर्नु जायज भएन
प्रेस स्वतन्त्रता को ग्यारेन्टी गर !
