अर्जुन प्रधान
कोलम्बस, ओहायो – नेपाली साहित्यमा बहुप्रतीक्षित उपन्यास ‘भुसको आगो’ को भव्य विमोचन कार्यक्रम डिसेम्बर २८, २०२४, कोलम्बस, ओहायोमा सम्पन्न भएको छ। लेखक रमेश दियालीद्वारा रचित यो उपन्यास Biswakarma Society of America (BSA) को आयोजनामा सार्वजनिक गरिएको थियो।
अब्राहम दियालीले गर्नेु भयो भनि नेपाल, भूटान, र अमेरिकाका राष्ट्रिय गानहरूले उपस्थित दर्शकहरूको मनोभावना एकताबद्ध बनायो। कार्यक्रमको स्वागत मन्तव्य बिएसएका अध्यक्ष अर्जुन रसाइलीले राखेका थिए। त्यस्तै, योगिता समूहले प्रस्तुत गरेको नृत्यले सबैलाई मन्त्रमुग्ध बनायो।
‘भुसको आगो’ पुस्तकलाई औपचारिक रूपमा बिएसएका प्रमुख अतिथिहरू गंगाराम लामिटारे, शिवलाल दाहाल, भोला शिवाकोटी “ पुरानाघरे” ,खेम रिजाल, पुष्पा गजमेर, लिला निशाले विमोचन गरे। लेखक रमेश दियालीले आफ्नो पुस्तकको मुख्य सन्देश र लेखन प्रक्रियाबारे प्रकाश पार्दै भने, “यस उपन्यासले नेपाली समाजको यथार्थ, प्रेम, संघर्ष, र मानवीय सम्बन्धका विविध आयामलाई उजागर गर्छ।”
कार्यक्रममा कविता वाचन, संगीत, र नृत्यले सबैलाई मनोरञ्जन प्रदान गर्यो। नेपाली भाषी भूटामी र नेपाली साहित्यका प्रतिभाशाली साहित्यकारहरूले विभिन्न सन्देशमूलक कविता र गजल प्रस्तुत गर्नु भएको थियो । हिमालयन म्यूजुक एकेडमीका बिधर्थीहरू र योगिता समुह द्रारा मारुनी नृत्य प्रस्तुत गरेका थिए भने त्यसमा नेपाली संस्कृति झल्किएको थियो । त्यसैमा अर्जुन रसाइली र शीतल शर्माले आफ्नो गायनबाट दर्शकहरूको मन जित्नु भयो ।
त्यससगै, कलम , कागज र शब्दहरूको उत्सबमा अध्यक्ष तथा संगितकार अर्जुन रसाइलीले शिक्षा नै सभ्यताको आधार , शिक्षकप्रति सधै उच्च सम्मान भन्ने मूल नारा लिएर धमेन्द्र तिम्सिना , निल अधिकारी , गोमा अधिकारी, सुर्दशन अधिकारी , दुर्गा सुबेदी, केशव सुवेदी , ईन्दु सुवेदी, तिला फ्युाल , राधिका धिमाल, द्रौपदी प्रधान, देव कोईराला, र तारा कडेलहरूलाइ कदर पत्रका सहित दोसाला होडाइ सम्मान कार्यक्रमलाई नेतृत्व दिनु भएको थियो ।
कार्यकर्ममा वक्ताहरू गंगाराम लामिटारे र खेम रिजालले साहित्य प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्त्वबारे जोड दिनु भएको थियो भने पुस्तकको समिक्षा लेखक शिब लाल दाहालले गर्नु भएको थियो । “रमेश दियालीको लेखन शैली सरल र मृर्दीभाषी छ। समाजका विविध पक्षाहरूका सत्य र यथार्था विषयलाई पुस्तक मार्फत समाजलाई उजागर गरेका छन्” ।
‘भुसको आगो’ पुस्तक अब नेपालका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ। अन्तर्राष्ट्रिय पाठकहरूले यसलाई Amazon मार्फत खरिद गर्न सकिने लेखकले बताउनु भएको छ ।
यो कार्यक्रमले नेपाली साहित्य र संस्कृति प्रवर्द्धनमा ठुलो योगदान पुर्याएको छ। उपस्थित दर्शकहरूले रमेश दियालीको लेखन प्रतिभाको खुलेर प्रशंसा गरेपछि लक्ष्मण दियालीले धन्यवाद ज्ञापन गरि समापन भएको थियो ।