पेन्सिलभेनियामा बि.सि.एचले मेला २०२४ भब्य रूपमा आयोजना गर्ने

0
21

अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्गमा आगामी वर्ष भुटनिज कम्युनिटी ह्यारिसबर्ग (BCH) ले बि.सि.एच मेला २०२४ आयोजना गर्ने भएको छ। यो मेला अहिलेसम्मकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ, जसमा नेपाली संस्कृति, परम्परा, र विविध जातजातिका झाँकी र परिकारहरूका स्टलहरू राखिनेछन्।

मेलामा मौलिक नेपाली सांस्कृतिक कार्यक्रमहरू, व्यापारिक स्टलहरू, र विभिन्न खेलकुद प्रदर्शनहरू प्रमुख आकर्षणको रूपमा रहनेछन्। मेलालाई थप आकर्षक बनाउन तेक्वान्दो र करातेका डेमोन्स्ट्रेसनहरू पनि प्रस्तुत गरिनेछ। यस मेलामा स्थानीय नेताहरू, सरकारी कर्मचारीहरू, र नेपाली समुदायका विभिन्न व्यक्तिहरूको उपस्थिति रहनेछ।

यो मेला विशेषगरी नेपालीहरूको महान चाड दसैं र तिहारको अवसरमा आयोजना गरिएको हो। मेलाको सुरक्षाका लागि १६ जना प्रहरी परिचालित गरिनेछ। अमेरिकाका विभिन्न राज्यहरूबाट नेपालीहरूको ठूलो उपस्थितिको अनुमान गरिएको छ।

मेला ह्यारिसबर्ग एरिया कम्युनिटी कलेज (HACC) मा ६ अक्टोबर २०२४ मा सुरु हुनेछ। भुटनिज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले मेलाको औपचारिक उद्घाटन गर्नेछन्। मेलामा सहभागी भएर नेपाली संस्कृति र परम्परालाई प्रोत्साहन गर्ने अवसर प्रदान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here