चलचित्र सम्हालिएको जातिको प्रिमियर शो हुने

0
403

अर्जुन प्रधान 

अमेरिका 

सम्हालिएको जातिको निर्माण टिमले अमेरिकाको बिभिन्न हलहरूमा नेपाली चलचित्र प्रर्दशन सुरू गर्ने भएको छ । 

 भुटानी शरणार्थीहरूको कथामा आधारित चलचित्र यहि मिति मे २५ देखि ओहायो राज्यको हलमा पहिलो प्रिमियर शो दर्शकमाझ ल्याएका छन् । भने अन्तराष्टि्य हलहरूमा जुन महिनादेखि प्रर्दशन शरू हुने भएको छ । 

“चलचित्रले भुटानी शरणार्थीहरूको जनजिवन र इतिहासलाई चित्रण गर्दै आउँदो पुस्तामाझ इतिहासको जगेर्ना गर्ने उदेश्यसहितले चलचित्र निर्माण गरिएको निर्देशक सन्तोष रामदामले फोनबार्तामा बताउनुभयो । “

नेपाली कथानक चलचित्र सम्हालिएको जातीको अमेरिकामा ७० प्रतिशतको छायांकन रहेको छ भने नेपालको भुटानी शरणार्थी शिविरमा ३० प्रतिशत छायांकन गरि चलचित्रको सबै कार्य पूरा गरि दर्शकमाझ ल्याएको  निर्माण पक्षले बताएका छन् । 

सम्हालिएको जातीमा बिक्रम बिश्वा, दिपक परियार, मार्था घिमिरे, लोकेश बिसि, अनु रामदाम लगायतका सात जना मुख्य कलाकारको अभिनय रहेको छ । चलचित्रमा ३ वटा गितहरु समावेश छन् । १० जना भुटानी शरणार्थीहरुको करिब १ करोडको संयुक्त लगानीमा तयार हुँदै गरेको चलचित्रको पटकथा र निर्देशन सन्तोष रामदामले तयार पारेका हुन् भने चलचित्रको अमेरिकामा छायांकन एसजे प्रोडक्सन र नेपालमा कोशी भिजन प्रोडक्सनले जिम्मेवारी लिएका थियो । 

शरणार्थी शिविरमा रहँदाका वास्तविक संघर्षमय जीवन र अनागरिक हुनुको पीडा साथै नेपालबाट तेस्रो देशमा पुनर्वासका लागि अमेरिकासम्मको यात्रालाई चलचित्रमा उतार्ने कोशिष गरिएको रामधमले बताउनु भएको छ । सन १९९० देखि पूर्व नेपालको मोरङ र झापा जिल्लाको शिविरहरूमा भुटानी शरणार्थीहरू बसोबास गर्दै आइरहेका थिए र हाल ६ हजार जति देश फिर्ती र परिवार पूनर्मिलनको आशमा नेपाल सरकारसगं माग पत्र बुझाउदै कष्टकार जिबन यापन गरिरहेका छन् ।

चलचित्र निर्देशक रामदाम आफै एक संगितकार हुन उनले हालसम्म ५० वटा भन्दा बढी गीतहरुमा शब्द-संगित दिइसकेका छन् ।भने ३० वटा भन्दा बदी म्यूजिक भिडियो र  भुटानी शर्णाथी कालमा निर्माण भएको रामदामको पहिलो चलचित्र “झुपडिको जिन्दगी”, सत्य घटनमा आधारित “मुक्ति “, उपसना, पूनर्वास भएपछि निमार्ण गरिएको पहिलो चलचित्र “शुरूवत , सामाजिक चलचित्र “ गाठो “, “येशुमा अन्नन्त जिबन”  गरि ७ वटा चलचित्र निर्मण गरिसकेका छन् रामदामले । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here