‘सम्हालिएको जाती’ चलचित्रको छायाँकन नेपालमा हुने “

0
345

काठमाडौं – नेपाली चलचित्र उद्योगमा चलचित्र बन्ने क्रम बढ्दै गएको छ। धेरै चलचित्र दर्शकको मनमनमा बस्न नसके पनि चलचित्र निर्माणको क्रम भने निरन्तर बढेको देखिन्छ।

सम्हालिएको जाती फिल्म निर्माण टिमले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै भुटानी शरणार्थीहरूको जीवन कथामा आधारित चलचित्र चाँडै दर्शकमाझ आउने जानकारी दिएको छ ।

चलचित्रले भुटानी शरणार्थीहरूको जनजिवन र इतिहासलाई चित्रण गर्दै आउँदो पुस्तामाझ इतिहासको जगेर्ना स्वरुप स्मरण गर्ने उदेश्यसहितले चलचित्र निर्माण गरिएको निर्देशक सन्तोष रामदामले बताउनुभयो । चलचित्र निर्देशक रामदाम आफै एक संगितकार हुन उनले हालसम्म ५ वटा भन्दा बढी गीतहरुमा संगित दिएका छन् ।

नेपाली कथानक चलचित्र सम्हालिएको जातीको अमेरिकामा ७० प्रतिशतको छायांकन सकिएको छ भने अब नेपालका भुटानी शरणार्थी शिविरमा ३० प्रतिशत छायांकनको कार्य बाकी रहेकाले चाँडै नै निर्माण कार्यपूरा गरि दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्माण पक्षले बताएको छ।

सम्हालिएको जातीमा बिक्रम बिश्वा, दिपक परियार, मार्था घिमिरे, लोकेश बिसि, अनु रामदाम लगायतका सात जना मुख्य कलाकारको अभिनय रहेको छ । चलचित्रमा ३ वटा गितहरु समावेश छन् । १० जना भुटानी शरणार्थीहरुको करिब १ करोडको संयुक्त लगानीमा तयार हुँदै गरेको चलचित्रको पटकथा र निर्देशन सन्तोष रामदामले तयार पारेका हुन् भने चलचित्रको अमेरिकामा छायांकन एसजे प्रोडक्सन र नेपालमा कोशी भिजन प्रोडक्सनले जिम्मेवारी लिएका छन्।

शरणार्थी शिविरमा रहँदाका वास्तविक संघर्षमय जीवन र अनागरिक हुनुको पीडा साथै नेपालबाट तेस्रो देशमा पुनर्वासका लागि अमेरिकासम्मको यात्रालाई चलचित्रमा उतार्ने कोशिष गरिएको छ । सन १९९० देखि पूर्व नेपालको मोरङ र झापा जिल्लाको शिविरहरूमा भुटानी शरणार्थीहरू बसोबास गर्दै आइरहेका थिए ।

नेपाली चलचित्र सम्हालिएको जातिको अफिसियल पहिलो भिडियो टिजर सन्तोष रामदामको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here