पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी

0
366

काठमाडौं। तोशाखाना मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध जमानत राख्न नमिल्ने गरि गैर जमानती वारेन्ट जारी गरिएको छ । इस्लामाबादको जिल्ला तथा सत्र अदालतका न्यायाधीश जफर इकबालले उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गर्ने आदेश दिए। इमरान तोशाखाना मुद्दामासुनुवाइको क्रममा उपस्थित हुन असफल भएका थिए ।

त्यसपछि उनीविरुद्ध गैर जमानती वारेन्ट जारी भएको थियो ।खानले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारबारे गलत जानकारी दिएको आरोप छ ।

तोशाखाना पाकिस्तानको मन्त्रिपरिषद्को एक भाग हो जहाँ सरकार, राष्ट्र प्रमुख र अन्य देशका विदेशी पाहुनाहरूले दिएका बहुमूल्य उपहारहरू राखिन्छन्।

नियम अनुसार अन्य देशका राष्ट्रप्रमुख वा प्रतिष्ठित व्यक्तिबाट प्राप्त उपहार तोशाखानामा राख्नुपर्ने हुन्छ ।इमरान खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बने ।

अरब देशको भ्रमणका क्रममा उनले त्यहाँका शासकहरूबाट महँगो उपहार पाएका थिए। उनले धेरै युरोपेली देशका राष्ट्राध्यक्षहरूबाट बहुमूल्य उपहार पनि पाएका थिए, जुन इमरानले तोशाखानामा जम्मा गरेका थिए।

उनको सरकारले यो सम्पूणर् प्रक्रियालाई कानुनी अनुमति दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here